इटहरी गोल्डकप: सगरमाथा युथ क्लब फाइनलमा
०८ चैत्र २०७९
•
३ मिनेट पाठ
इटहरी गोल्डकप: सगरमाथा युथ क्लब फाइनलमा
साबिक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३-१ गोल अन्तरले हराएको हो।




सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुलेले गोल गरे। खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो। मेसुकाको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए। १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए। ५१ औ मिनेटमा मेसुलेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३-० बनाए। ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे।

डिबक्सभित्र अविशेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो । सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन।

मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने। पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए। १५ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा विजय भुजेलले गोलरक्षकलाई विट गराए पनि गोल गर्न सकेनन्। १९ औ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए।

२२ औ मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो। ३१ औ मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके। पहिलो हाफको तुलनामा दोस्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन्। ६४ औ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो।

दोस्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सब राईको हेडर पोष्टमाथिबाट बाहिरियो। इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन्।

सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो। २३ औ मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५ औ मिनेटमा डिफेन्डर बिच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकाको प्रहार क्लियर हुन पुग्यो। ५३ औ मिनेटमा मेसुकाको क्रसमा राजिव लोप्चन गोल गर्न चुके। लगतै मेसुलेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे। खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचे अनुरुपको प्रदर्शन नभएको पनि टिमअपले जित निस्किएको बताए। ‘विपक्षी खेलाडीहरु अफ्रिकनको कारणले दबाबमा परेपनि खेलाडीहरु बिच तालमेल राम्रो भयो,’ उनले भने।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने पहिलो हाफमा पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित भएको बताए। ‘रेफ्रीको गल्तीका कारण दोस्रो गोल हुन पुग्यो,’ उनले भने, ‘अफ्रिकन खेलाडीहरुको कारण भन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण बन्यो।’ उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ। आगामी चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
अर्को समाचार
इटहरी गोल्डकप: सगरमाथा युथ क्लब मोरङ उपाधि नजिक
०८ फागुन २०८१
•
१ मिनेट पाठ
इटहरी गोल्डकप: सगरमाथा युथ क्लब मोरङ उपाधि नजिक
दुई पटक उपाधि उचाली सकेको सगरमाथा युथ क्लब मोरङ १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।




बिहीबार इटहरी रंगशालमा भएको दोस्रो सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सगरमाथा युथ क्लब उपाधि नजिक पुगेको हो । दुवै टिमबिचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको २९ मिनेटमा सगरमाथाका कुलदिप कार्कीले गोल गरे । उनले प्लान्टीमार्फत गोल गरेका हुन् ।

डि बक्सभित्र धरानका प्रज्वल थापाले फल गरेपछि पाएको  प्लान्टीमार्फत कुलदिपले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि कुलदिप नै भए । उनले नगद दस हजार प्राप्त गरे । खेलमा दुवै टीले थुप्रै गोल गर्ने अवसर चुकाएका थिए । धरानले बुढासुब्बा गोल्डकपको २५ औं संस्करणमा पहिलो चरणबाटै बाहिरिएपछि इटहरी गोल्डकपको क्वाटरफाइनल खेल जितेसँगै उपाधि उचाल्ने सपना साचेतापनि सेमिफाइनलमै रोकिनु परेको छ ।

अब सगरमाथाले शनिबार मच्छिन्द्र फुटबल क्लब काठमाडौंसँग फाइनल प्रतिस्पर्धा गर्नेछ । सगरमाथा युथ क्लबले क्वाटरफाइनल खेलमा एनआरटी क्लब काठमाडौंलाई १(० गोलको अन्तरले पराजित गरी सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो । सगरमाथा युथ क्लबले १२ र १३ औं संस्करणमा इटहरी गोल्डकपको उपाधि उचाली सकेको छ ।

धरान फुटबल क्लबले क्वाटरफाइनल खेलमा चर्च ब्वाइज यूनाइटेड क्लबलाई २–१ गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।

गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ । 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस