पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोल अन्तरले पराजित भएको छ।
खेलको ११ औं मिनेटमा भियतनामका लागि फाम हाइ यनले पहिलो गोल गरिन्। ३६ औं मिनेटमा भियतनामले पेनाल्टी पायो। पेनाल्टीमार्फत कप्तान हुन्ह न्हुले गोल गर्दै भियतनामलाई २-० को अग्रता दिलाइन्। खेलको ३८ औं मिनेटमा एनगुनयन थि बिच थिइले गोल गर्दै ३-० को अग्रता बनाइन्।
खेलको ४८ औं मिनेटमा कप्तान न्हुले हेडरमार्फत गोल गोल गरिन्। खेलको ७९ औं मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै नेपाललाई ४-१ को स्थितिमा ल्याइन्न्। त्यसपछि खेलको अन्तिम समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित दिलाइन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफसम्म नेपाल भियतनामसँग ३-० गोलले पछि परेको थियो।
नेपाल र भियतनामबीच आगामी शनिबार दोस्रो खेल हुनेछ। दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणको छनोटमा पुग्नेछ।