कोशी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दिपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने दश जना खेलाडीलाई पुरस्कृत गरेको छ। बुधबार प्रदेश सरकारले कोशी प्रदेशका दश जना खेलाडीलाई नगद राशिसहित पुरस्कृत गरेको हो।
क्रिकेटर दिपेश कँडेल र ललित राजवंशीलाई जनही नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ। यस्तै अल्टा दौड धाविका डेनिशा राईलाई १ लाख रुपैयाँ राशिसहित सम्मानपत्रले सम्मान गरिएको छ।
१८ औं मुआथाई च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्नै खेलाडी डेनिका राईलाई २५ हजार नगद र रजत पदक प्राप्त गर्ने सञ्जय राईलाई ३० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ। यस्तै गत फागुनमा चितवनमा आयोजना भएको जुनियर एथलेटिक्स खेलकुद प्रतियोगितामा हाइजम्पतर्फ प्रथम हुने सागर यादवलाई २५ हजार, ३ हजार मिटर तर्फ दोस्रो र १५ सय मिटर तर्फ तेस्रो हुने खेलाडी निमा जिसीलाई १५ हजार, पूजा चौधरी, राजु चौधरी र अंशु मण्डललाई जनही ५ हजार रुपैयाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ।
खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीलगायतले नगद, सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरेका थिए। खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले क्रिकेट खेलाडीको सम्मानमा आगामी वर्ष देखि निर्माण सुरु गरेर तीन वर्ष भित्र विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्।
उनले प्रदेश सरकारले पहिलो चरणमा प्रदेशका दुई वटा रंगशालालाई प्राथमिकता दिएर काम अघि बढाउने तयारी गरेको जानकारी दिए। उनले भने ‘विराटनगर स्थित वैजनाथपुर रंगशाला र झपा पाडाजुँगी स्थित आदिवासी जनजाती रंगशालालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने छ।’ मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त पार्दै यस क्षेत्रको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिने स्पष्ट पारे।