बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोस्रो जित निकालेको छ।
बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा बुधबारदेखि सुरु भएको १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोस्रो जित निकालेर अपराजित बन्दै महत्त्वपूर्ण ४ अंक प्राप्त गरेको छ।
प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा कर्णालीले इलाम क्रिकेट एकेडेमी फर यूथलाई ३२ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको इलाम क्रिकेट एकेडेमी फर यूथ ६ विकेट गुमाएर केवल ९० रनमा समेटिएपछि कर्णाली विजयी भएको हो।
यसअघि बुधबारको खेलमा कर्णालीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। बिहीबारको खेलमा कर्णालीका लागि विराट भण्डारीले विष्फोटक पारी खेले। ३८ बलको सामना गरेका उनले ६२ रनको योगदान दिए। प्रतियोगितामा उनी प्लेयर अफ दी म्याच घोषित भए।
त्यस्तै, आज भएको अर्को खेलमा स्टार क्रिकेट एकेडेमीले घरेलु टोली पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको थियो। ९२ रनको सामान्य लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमी १९.४ ओभरमा अलआउट हुँदै केवल ६६ रनमा सीमित भएपछि स्टार क्रिकेट एकेडेमी विजयी भयो। प्रतियोगितामा अमर मिश्र प्लेयर अफ दी म्याच घोषित भए।