पोखरा स्पोर्ट्स अवार्ड २०७९: करण र सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी
२३ वैशाख २०८०
•
४ मिनेट पाठ
पोखरा स्पोर्ट्स अवार्ड २०७९: करण र सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी
क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।




नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०७९ मा पुरुषतर्फ करण र महिलातर्फ सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।

नेपाल क्रिकेट टिमका अलराउण्डर खेलाडी करणले उत्कृष्ट ३ मा परेका आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्कालाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) को अवार्ड जिते। लिग डिभिजन टु का खेलहरुमा उनले राम्रो प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्वालिफायर चरणमा पुर्‍याउनुका साथै ओडिआई मान्यता जोगाउन सफल बनाएका थिए। त्यस्तै एसिसी प्रिमियर लिग जिताउन पनि उनको महत्त्वपूर्ण योगदान थियो।

त्यस्तै, नेपाल फुटबल टिमकी स्ट्राइकर सावित्राले आर्चरीकी रोजिना थापा मगर र तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन्।

साम्बा उपनामले परिचित सावित्रा नेपाल टिमकी प्रमुख खेलाडी हुन् भने उनले भारतीय क्लवबाटपनि खेल्दै थुप्रै प्रतियोगिता जिताउन निर्णायक भूमिका खेलेकी छन्।

सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) र सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधामा अवार्ड प्राप्त गरेका करण र सावित्राले ट्रफीसहित टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर एक/एक थान प्राप्त गरे।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटर सुवास भण्डारीले जिते। उनले भलिबलका रवि केसी र फुटबलका सुमित श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। १९ वर्षीय सुवास नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाइका अलराउन्डर हुन्। नेपाललाई यु–१९ विश्वकप छनोटमा पुर्‍याउन उनको महत्त्वपूर्ण योगदान थियो।

सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा आर्चरीका किशोरकुमार गुरुङले अवार्ड जिते । उनले लनटेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनारलाई पछि पार्दै अवार्ड जितेका हुन्।

सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघले जित्यो। सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लवतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५/३५ हजारसहित ट्रफी प्राप्त गरे।

यसैबीच, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले प्राप्त गरे। समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश ब्युरो प्रमुखका कार्यरत तिमिल्सिनाले वर्ष पत्रकारिता अवार्ड प्राप्त गरेका हुन्।

यसअघि यो अवार्डबाट नागरिककर्मी सन्तोष पोखरेल र सन्देश श्रेष्ठ तथा विनोद लामिछाने, केशव पाठक र दीपक परियारले अवार्ड प्राप्त गरिसकेका छन्।

मर्सानीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

मञ्चले यस वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई अर्पण गर्‍यो। आजिवन खेलकुदको क्षेत्रमा समर्पित व्यक्तिलाई प्रदान गरिँदै आएको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ३५ वर्षदेखि अनवरत रुपमा बक्सिङ प्रशिक्षणमा समर्पित मर्सानीलाई मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरेको हो। लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

१५ वर्षदेखि बक्सिङ खेलमा आकर्षित मर्सानी २०४१ मा सम्पन्न नवौँ बक्सिङ प्रतियोगिताका गोल्ड मेडलिष्ट हुन्। २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरेका मर्सानी नेपाली राष्ट्रिय बक्सिङ टिमका पूर्व प्रशिक्षकसमेत हुन्।

बक्सिङ खेलाडी खोज्दै प्रशिक्षण गराउँदै हिँड्ने मर्सानीले नेपाल र गण्डकी प्रदेशमै बक्सिङ खेलको विकास र बिस्तारमा पुर्‍याएको योगदान अतुलनीय छ।

निसीमलाई मरणोपरान्त कीर्तिशेष सम्मान

मञ्चले निसीम थापालाई मरणोपरान्त सम्मान गरेको छ। मञ्चले पोखरा स्पोर्ट्स अवार्डको अवसरमा स्वर्गीय प्याराग्लाइडिङ खेलाडी थापालाई मरणोपरान्त कीर्तिशेष सम्मान प्रदान गरेको हो।

थापाको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परेर गत असोज ३० गते निधन भएको थियो। थापाले प्याराग्लाइडिङ खेलमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

अवार्ड कार्यक्रममा स्ट्याण्डअप कमेडियन मेक्सम गौडेल, लोक दोहोरी गायक निश्चल दवाडी, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको विशेष प्रस्तुतिमा दर्शक झुमेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, पोखरा महानगर खेलकुद परिषद्का अध्यक्ष दीपक गोदार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बराल, पूर्व अध्यक्षहरू रामकृष्ण ज्ञवाली, विनोद लामिछाने, केशव पाठक, एकराज गिरी, पोखरा स्पोर्टस अवार्डका संस्थापक सन्देश श्रेष्ठलगायतले अवार्ड वितरण गरेका थिए।
अर्को समाचार
पोखरा स्पोर्ट्स अवार्डः मनोनयन सार्वजनिक
१३ वैशाख २०८०
•
२ मिनेट पाठ
पोखरा स्पोर्ट्स अवार्डः मनोनयन सार्वजनिक
यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ।  




वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन्। केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन्। वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन्। रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङकी हुन्। वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।  

उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी छन्। केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन्। किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन्। मञ्चले प्रदान गर्ने कुल सातविधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा बैशाख २३ गते नै गरिने छ। वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए।  

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले जनाइन्। लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चले जनाएको छ। अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।  

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेका छन्।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस