काठमाडौं– गत वर्ष फुटबलका लागि सबैभन्दा सुखद रह्यो। लामो समयदेखि जितका लागि संघर्ष गरेको नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि उचाल्यो भने भारतमा सम्पन्न दक्षिण एसियाली खेलुकद (साग) हुँदै मलेसियामा सम्पन्न सोलिडारिटी कपसम्म जितले निरन्तरता पायो।
तर, विडम्बना नेपालले बंगबन्धु कपको पुरस्कार राशि अहिलेसम्म हात पार्न सकेको छैन । प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने भनिएको थियो । प्रतियोगिता सकिएको १४ महिना बितिसक्दा पनि उपाधि विजेता नेपालले पुरस्कार राशिको ५० हजार अमेरिकी डलर हात पार्न सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि यसका लागि अहिलेसम्म ठोस पहल गरेको छैन । तथापि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पुरस्कार राशिका लागि आयोजकसँग निरन्तर पहल गरिरहेको दाबी गरे ।
‘अप्रिल पहिलो हप्ता पठाइदिन्छु भनेका थिए तर अहिलेसम्म आएको छैन । हामीले निरन्तर पहल गरिरहेका छौं,’ पुरस्कारबारे अध्यक्ष श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘अब एएफसी र फिफालाई पत्राचार गर्ने तयारीमा छौं । त्योभन्दा पहिला साफलाई पत्र पठाउँछौं ।’
बंगलादेश फुटबल संघले पाँचौं संकरण यही अप्रिल अन्तिम साता गर्ने गरी टोली दर्ताका लागि ३ तारिखसम्म मिति तोकेको थियो । पुरस्कार राशि हात नपरेकै कारण अगामी संकरणमा नेपालको सहभागिता अन्योलमा परेको थियो । एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले पुरस्कार राशि हात नपरे नेपाल प्रतियोगितामा सहभागी नहुने बताए । उनले थपे, ‘भोलि (आइतबार)सम्म हेरौं, त्यसपछि के हुन्छ हामी पछि निर्णय गर्छौं ।’
तर, एन्फा अध्यक्ष श्रेष्ठले प्रतियोगिता डिसेम्बर अन्तिम सातासम्मका लागि सरेकाले सहभागिता धेरै पछिको विषय भएको बताए ।
‘पहिले यही अप्रिल पहिलो साता हुने कुरा थियो तर उनीहरूले हिजो (शुक्रबार) डिसेम्बर अन्तिम साताका लागि सारिएको भनेर इमेल पठाएका छन्,’ नेपालको सहभागिताबारे अध्यक्ष श्रेष्ठले भने, ‘अप्रिलमा हुने भन्ने थियो । उक्त प्रतियोगिताले जुनमा हुने यमनविरुद्धको खेलका लागि तयारीजस्तो हुन्छ भन्ने सोचेका थियौं तर, अब डिसेम्बरमा हुने भएपछि त्यो पनि सकिएको छ ।’
यता सरकार र एन्फाले दिने भनेका पुरस्कार पनि खेलाडीलाई दिएका छैनन् । बंगबन्धु गोल्डकप उपाधि जितेपछि सरकारले प्रत्येक खेलाडीलाई ५ लाख दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म खेलाडीले घोषित रकम पाएका छैनन् । बंगबन्धुको मात्र नभई सागमा स्वर्ण पदक जित्दा घोषणा गरिएको रकम पनि सरकारले दिएको छैन । सागमा पाँच लाख दिने भनिएको थियो । त्यसमध्ये २ लाख रकम दिए पनि बाँकी ३ लाख भने अहिलेसम्म दिएको छैन । त्यस्तै एन्फाले पनि सोलिडारिटी कप जित्दाको ३ लाख रकम खेलाडीलाई दिएको छैन ।
बंगबन्धु गोल्डकपको चौथो संकरणमा नेपालले बहराइन यु–२३ लाई ३–० ले हराउँदै उपाधि जितेको थियो भने साग फुटबलको फाइनलमा भारतमाथि २–१ को विजय हासिल गरेको थियो । त्यस्तै सोलिडारिटी कपमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।