आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा युएईले नेपाललाई पराजित गरेको छ। जिम्बाबेको हरारेमा आज भएको खेलमा युएईले नेपाललाई ३ विकेटले हराएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा २ सय ७६ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका लागि आशिफ शेखले सबै भन्दा वढि ५७ रन बनाए। कुशल मल्लले ४६ रन,कुशल भुर्तेलले ३९ तथा आरिफ शेख ३५ रन बनाए।त्यसैगरी सोमपाल कामीले १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८र८ रन बनाए।
जितको लागि २ सय ७७ रनको लक्ष्य पाएको युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। युएईको जितमा रोहन मुस्ताफाले सबै भन्दा वढि ७८ रन बनाए। नेपालले बिहीबार दोस्रो अभ्यास खेलमा ओमानसँग खेल्नेछ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी स्वरुप दुई अभ्यास खेल खेलेको थियो।दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो। नेपाल अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स संग पराजित भएको हाे।
विश्वकप छनोट प्रतियोगिताकाे समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ। नेपालले असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ। नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ।