विजेता खेलाडीलाई सम्मान
१३ असार २०८०
•
१ मिनेट पाठ
विजेता खेलाडीलाई सम्मान
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ।




काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु-१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मंगलबार बेनीमा आयोजित कार्यक्रममा एक लाख पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो।

सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा र प्रशिक्षक सुमन तिलिजा पुन तथा व्यवस्थापक बिसन राना रहेका छन्। उनीहरूलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गरेका थिए।

यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो। विजेता खेलाडीले एक लाख रुपैया पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए। 
अर्को समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदले सम्मान गर्ने
१२ मंसिर २०७९
•
२ मिनेट पाठ
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदले सम्मान गर्ने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ। परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए।  




प्रदेश खेलकुदका सदस्य सचिव पौडेलका अनुसार खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ। गएको असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जित्दै इतिहास कोरेको थियो। राष्ट्रिय खेलकुद प्रतियोगिताकै इतिहासमा पहिलो पटक गण्डकी प्रदेशले सर्वाधिक पदक जितेको थियो। ३९ वर्ष पछि गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेको हो। प्रतियोगितामा अन्य छ प्रदेशलाई पछि पार्दै विभागीय टोलीपछि चौथो स्थानमा रहेको थियो।  

परिषदले आगामी आईतबार पोखरा रंगशालामा खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई सम्मान गर्ने जनाएको छ। गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलका ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरी कुल ३२५ खेलाडी सम्मानित गर्ने जनाएको छ। त्यसै गरी पदक विजेता प्रशिक्षक ४६ र व्यवस्थापक ३५ जना गरी ८१ जना संगै २८ खेलसंघहरु समेत सम्मानित गर्न लागिएको परिषदले जनाएको छ।  

नवौं राष्ट्रिय खेलकुदमा गरी गण्डकी प्रदेशबाट कीर्तिमान बनाएका आर्चरी खेलका जागृत गुरुङलाई सम्मान गरिने छ। जागृतले आफ्नै नाममा रहेको कम्पाउण्डतर्फको इभेन्टमा सातौं राष्ट्रिय खेलकुदमा बनाएको कीतिमान तोडेका हुन् ।सातौंमा उनले ६८९ अंक प्राप्त गरी रेकर्ड राखेका थिए भने नवौंमा उक्त रेकर्ड तोड्दै ६९८ अंक हासिल गरे। उनले सिंगल्स र टिमतर्फ स्वर्ण र मिक्सतर्फ रजत पदक जितेका थिए। परिषदले आर्थिक वर्ष २०७९/०८०का लागि विनियोजित बजेट ४० लाख रुपैयाँ छुट्टाइएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले बताए। 

यसअघि पोखरा महानगरपालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता महानगरका खेलाडीलाई नगदसहित सम्मान गरेको थियो। महानगरले एकल तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँ नगदबाट सम्मानित गरेको थियो। टिम इभेण्टमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई भने नगद ५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो।  
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस