पुलिसको लगातार तेस्रो जित
२६ असार २०८०
•
२ मिनेट पाठ
पुलिसको लगातार तेस्रो जित
एभरेस्ट भलिबल क्लबविरुद्ध स्पाइक गर्दै होङवान्जी न्यु डायमन्ड क्लबकी प्रतिभा माली। तस्बिर: नागरिक
नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा महिलातर्फ लगातार तीन जित निकालेको छ।




त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० हराउँदै लगातार तेस्रो सफलता प्राप्त गरेको हो। एकतर्फी देखिएको खेलमा पुलिसले आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले हराएको थियो। यो जितसँगै पुलिसले ९ अंक जोडेको छ। यसअघि पुलिसले गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लबलाई हराएको थियो। नेपाल भलिबल संघको आयोजनामा जारी लिगमा अर्को विभागीय टोली एपिएफले पनि गण्डकी प्रदेश भलिबल क्लबलाई सोझो सेटमा हराउँदै दोस्रो सफलता प्राप्त गरेको छ।

एपिएफले गण्डकीमाथि २५–१२, २५–८, २५–८ को जित निकाल्यो। यो जितपछि एपिएफको पाँच अंक भएको छ। आर्मीसँग भने एपिएफले अंक बाँडको थियो। महिलातर्फकै अर्को खेलमा होङवान्जी न्यु डायमन्ड क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो सफलता निकालेको छ। न्यु डायमन्डले एभरेस्टलाई २५–१७, २५–१२, २५–१२ ले पराजित गर्यो। दुई खेलबाट न्यु डायमन्डको ६ अंक भएको छ। यसअघि डायमन्डले गण्डकीलाई सोझो सेटमा हराउँदै स्पष्ट तीन अंक जोडेको थियो।  

पुरुषतर्फ उपाधि दाबेदार मानिएको टिपटप हेल्प नेपाल क्लबले दोस्रो जित निकालेको छ। हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको हो। हेल्प नेपालले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। तर, हेल्प नेपालले दोस्रो र तेस्रो सेट जित्न भने निकै संघर्ष गर्नुपर्यो। उक्त सेटमा हेल्प नेपालले क्रमशः २५–२२ र २५–२१ को सफलता प्राप्त गर्यो। यो जितसँगै हेल्प नेपालको ६ अंक छ। पुरुषतर्फ निकै तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेश भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो।

आर्मीले तीन भारतीय खेलाडी सम्मिलित गण्डकीलाई २५–१९, २६–२४ र ३३–३१ ले हरायो। यद्यपि, खेलको तेस्रो सेटमा आर्मी र गण्डकीबीचको खेलमा स्पाइक ब्लक आउट भएको या नभएको भन्ने विषयलाई लिएर विवाद सिर्जना हुन पुग्यो। सोही समयमा दर्शक दीर्घाबाट बोतल प्रहार हुँदा आर्मीका खेलाडी दर्शक कुटपिटमा उत्रिए। आर्मीका खेलाडी संयमता अपाउन नसक्दा खेलले उग्र रूप लिन पुग्यो। जसका कारण खेलमा खटिएका प्रहरीले उक्त झडपलाई नियन्त्रणमा लिएका थिए।

यो जितसँगै आर्मीले लगातार तेस्रो सफलता निकाल्दै ९ अंक जोडेको छ। सोमबारको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सैलुङ बाघढुङ्गालाई सोझो सेटमा हरायो। उक्त सेटमा पुलिसले सैलुङलाई २५–१७, २५–२१ र २५–२० ले पराजित गर्यो।  
अर्को समाचार
एन्फा महिला लिग : पुलिसको दोस्रो जित, बागमतीको लगातार तेस्रो हार
२३ पौष २०८१
•
१ मिनेट पाठ
एन्फा महिला लिग : पुलिसको दोस्रो जित, बागमतीको लगातार तेस्रो हार
एन्फा महिला लिगअन्तर्गतको सुपर लिगमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।  




सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा पुलिसले बागमती युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको हो । पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गरे ।

आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकालाई ५-० ले पराजित गरेको नेपाल पुलिसले दोस्रो खेलमा भने त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

बागमती भने पहिलो खेलमा आर्मी क्लबसँग २-० र दोस्रो खेलमा एपीएफसँग ५-१ गोलले पराजित भएको थियो । मंगलबारको हारले बागमतीको सुपर फोरमा प्रवेशको सम्भावना कठिन बनेको छ । 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस