'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'
२७ जेष्ठ २०७४
•
७ मिनेट पाठ
'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'
काठमाडौं- फुटबल, संसारकै लोकप्रिय खेल। नेपालमा पनि यसको लोकप्रियता कम छैन। राष्ट्रिय टोली मैदानमा उत्रँदा नेपाली दर्शक जति उत्साहित हुन्छन्, खेलको नतिजाबाट उत्तिकै निराश पनि।

भर्खरै नेपालले चिर प्रतिद्वन्द्वी भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरि उस्तै। नेपालले भारतलाई २–० को नतिजा सुम्पियो। निरन्तर खस्कँदै गएको नेपाली फुटबलले गत वर्ष समर्थकलाई थोरै भए पनि खुसी दिएको थियो। तर, पछिल्ला केही खेलमा फेरि नेपालको फर्म पुरानै अवस्थामा फर्कियो, हारको शृंखला जोड्दै।

'नेपाली खेलाडीमा क्षमता छ, यसमा कुनै शंका छैन। तर, क्षमता निखार्न राम्रो प्रशिक्षक आवश्यक छ।'

फुटबल लोकिप्रिय हुनुका साथै प्रचुर सम्भावना बोकेको मुलुक अन्तर्राष्ट्रिय फुटबलमा किन खरो रुपमा उत्रन सक्दैन? थुप्रै विदेशी प्रशिक्षकले नेपाली फुटबल प्राविधिक रुपमा निकै राम्रो भएको प्रतिक्रिया दिने गरे पनि किन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा निराशाजनक हुन्छ? यी प्रश्नको उत्त। नेपाली समर्थकले लामो समयदेखि खोजिरहेका छन्।

एक वर्षदेखि एन्फाको प्रविधिक निर्देशकका रुपमा काम गरेका जापानी तोकता चियाकीसँग सोझो जवाफ छ, 'नेपालमा राम्रा प्रशिक्षक नै छैनन्। गुरु नै राम्रो नभएपछि चेलाले कसरी राम्रो गर्न सक्छ?' बिहीबार नेपालस्थित जापानी दूतावासले गरेको अन्तर्त्रि्कयामा चियाकीको प्रश्न थियो।

तीस वर्षदेखि फुटबलमा सक्रिय चियाकीले जापानको प्रसंग कोट्याए। उनका अनुसार चार दशकअघिको जापान र अहिलेको नेपालको फुटबलको स्तर लगभग उस्तै छ। त्यति बेला जापानी फुटबल पनि यस्तै अवस्थामा थियो। १९९८ देखि भने जापान लागातार विश्वकपमा छनोट हुँदै आएको छ। चियाकीले त्यसको रहस्य खोतल्ने प्रयास गरे, 'जापानले प्रशिक्षण प्रणालीमा गरेको परिवर्तन सफलताको मुख्य कारण हो।'

आफूले फुटबल खेल्न सुरु गर्दा राम्रो प्रशिक्षण नपाएको गुनासो गर्दै चियाकीले थपे, 'जापानले १९८० देखि प्रशिक्षण प्रणाली परिवर्तन गर्न खोजिरहेको थियो। आफ्ना प्रशिक्षकलाई विदेश पठाएर त्यहाँको प्रशिक्षण प्रणालीबारे अध्ययन गर्न लगाइयो जुन निकै उपलब्धिमूलक रह्यो।'

चियाकीले जापानी जे लिगको प्रसंग पनि उठाए। 'जे लिगका थुप्रै क्लबमा अहिले विदेशी प्रशिक्षक कार्यरत छन्। विदेशी प्रशिक्षकको काम जापानी प्रशिक्षकले नजिकबाट अध्ययन गरिरहेका छन्। त्यसबाट सिकिरहेका छन्,' चियाकीले भने, 'त्यसले जापानी फुटबलको स्तरवृद्धिमा मद्दत गरिरहेको छ।'

२००२ मा दक्षिण कोरियासँग संयुक्त रुपमा विश्वकप फुटबलको सफल आयोजना गरेको जापान यति बेला  टोकियो ओलम्पिक २०२० लाई भव्य बनाउने तयारीमा जुटिरहेको छ। 'स्पोर्ट्स फर टुमारो' नामको परियोजनाअनुरुप जापनले अहिले विभिन्न देशसँग खेलकुद तथा सांस्कृतिक आदानप्रदान गरिरहेको छ।

स्पोटर््स फर टुमारोअन्तर्गत जापानको परराष्ट्र मन्त्रालयले नेपालका पाँच प्रशिक्षकलाई त्यहाँ निम्त्याएको छ, इन्स्ट्रक्टर कोर्स गर्न। जापान फुटबल संघले जुन १२ देखि १९ सम्म गर्ने कार्यक्रममा नेपालका राजेन्द्र तामाङ, यामप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठले सहभागिता जनाउनेछन्। कार्यक्रममा उनीहरुले जापानको प्राविधिक तथा प्रशिक्षण कला अवलोकन गर्नुका साथै खेलकुद इन्स्ट्रक्टर तालिम लिनेछन्। जुन तालिमबाट उनीहरुले नेपालमा 'सी' लाइसेन्स प्रशिक्षक उत्पादन गर्न सक्ने विश्वास चियाकीको छ।

‘नेपाली फुटबल टोलीलाई अहिले जापानी प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् र पहिलाभन्दा सुधार पनि भइरहेको छ,’ चियाकीले दाबी गरे, ‘यसमा सुधार हुँदै जानुपर्छ भन्ने मेरो जोड हो। फेरि पहिलेकै जस्तो भयो भने के गर्नु? मलाई आशा छ, यी पाँच प्रशिक्षकले त्यहाँ सिकेका कुरा नेपालमा कार्यान्वयन गर्नेछन्।’

नेपाली खेलाडीमा क्षमता छ भन्नेमा चियाकीलाई कुनै शंका छैन। ‘त्यसलाई निखार्न राम्रो प्रशिक्षक आवश्यक छ। त्यसैले जापानले झन्डै चार दशकअघि अपनाएको बाटो नेपालले पनि अवलम्बन गर्दा राम्रो हुन्छ,’ खेलकुद निर्देशकले थपे, ‘किनकि जापानी र नेपालीको शारीरिक बनावट मिल्छ। पश्चिमा मुलक स्पेन, मेक्सिकोलगायतका देशका खेलाडीको शारीरिक बनोट पनि हाम्रो जस्तै हो। उनीहरुले विश्व फुटबलमा दबदबा कायम राख्न सक्छन् भने नेपालले किन नसक्ने?’
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस