नेपाली महिला फुटबलालाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी
०३ साउन २०८०
•
२ मिनेट पाठ
नेपाली महिला फुटबलालाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ।




बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो। उनी इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन्। बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए। उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘म धेरै नै खुशी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ। हाम्रो देश र दुतावास उहाँको स्वागतका लागि तयार छ। हामीले हस्ताक्षर गरेका छाँै, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप बिस्तार हुनेछ।’

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन्। उनले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन्। आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन्।आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘मन्त्रज्युबाट यो खालको अपेक्षा गरेकी थिइनँ। त्यहीमाथि एन्फाको अध्यक्ष आउनुभएको छ, इजरायल दुतावासबाट आउनुभएको छ, परिवार आउनुभएको छ, मैले उहाँहरुबाट यस खालको सम्मानको अपेक्षा गरेकी थिइनँ, मैले बंगलादेशबाट भिसाको अपिल गर्ने त्यसपछि गइहाल्छु भन्ने सोचेकी थिएँ, बंगलादेशबाट अस्ति आएँ, हिजोको दिन बाँकी थियो, यति छोटो समयमा यति ठूलो कार्यक्रम राखिदिनुभयो। त्यसका लागि मन्त्रीज्युलाई हृदयदेखि नै आभार व्यक्त गर्छु। एशियाबाट युरोप लिगमा खेल्दैछु, मेरा लागि चुनौति छ, तर म सहजै स्वीकार्न तयार छु। जसरी मैले दक्षिण एशियामा प्रमाणित गरेकी छु, यो मेरो लागि महत्वपूर्ण हुनेछ। यो इक्जामको लागि मेरो पहिलो चरण हो, फाइनल इक्जामसम्म आफूलाई तयार राख्नेछु। आम नेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु। आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका मैले खोल्दैछु। फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु। देश र फ्यान्सको लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु।’  
अर्को समाचार
सावित्रा नहुँदा नयाँलाई अवसर
२४ भदौ २०७८
•
२ मिनेट पाठ
सावित्रा नहुँदा नयाँलाई अवसर
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले स्ट्राइकर सावित्रा भण्डारी नहुँदा टोलीको प्रदर्शनमा केही असर पर्ने भए पनि नयाँ खेलाडीका लागि भने आफ्नो क्षमता प्रमाणित गर्ने उत्कृष्ट अवसर भएको बताएका छन्।




उज्बेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै छ। जसअन्तर्गत पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगदौरान घुँडामा लागेको चोटपछि सावित्रा मैदानबाहिर रहँदै आएकी छिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छिन्। एएफसी महिला एसियन कप छनोटका लागि घोषित टोलीमा ७ नयाँ खेलाडीले अवसर पाएका छन्। प्रतियोगिताका लागि नेपाली टोली विगत ६ सातादेखि बन्द प्रशिक्षणमा छ।

‘सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन्। नेपाली समर्थक पनि टोलीमा सावित्रा भएकै हेर्न चाहन्छन्,’ फिलिप्सले भने, ‘हाल उनी चोटका कारण टोलीमा छैनन्। उनको स्थानमा अरू खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्दै नेपाली समर्थकको मन जित्ने सुनौलो अवसर छ।’ फिलिप्सले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेल आफ्नो टोलीको कमीकमजोरी सुधार गर्ने अवसर भएको पनि बताए। ‘कोभिड १९ महामारीका कारण धेरै मैत्रीपूर्ण खेल खेल्ने सम्भावना रहेन। त्यसैले बंगलादेशविरुद्धको खेल हाम्रा लागि टोलीको गल्ती सुधार गर्ने अवसर हुनेछ,’ प्रशिक्षक फिलिप्सले भने।

एएफसी महिला एसियन कप छनोटमा नेपालले समूह ‘बी’ अन्तर्गत सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ म हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोली आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ का लागि छनोट हुनेछ।

यता बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले पनि नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्राको अनुपस्थितिको आफ्नो टोलीले फाइदा उठाउने बताए। ‘सावित्रा नहुँदा हाम्रा रक्षकले दबाबरहित खेल्ने अवसर पाउनेछन्,’ चोटोनले, भने ‘उनी दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर हुन्। भोलिको खेलमा उनी नहुनु दुखद हो तर यो हाम्रा टोलीका लागि बिनादबाब खेल्ने अवसरसमेत हो।’  

चोटोनले छनाोट प्रतियोगिताअघि नेपालविरुद्धको खेल फलदायी हुने समेत बताए। ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्य छ,’ उनले भने, ‘लामो समयको अन्तरालपछि मैदान उत्रन पाउँदा खेलाडी खुसी छन्। हामी एएएफसी महिला एसियन कप छनोटको तयारी गरिरहेका छाैँ। नेपालविरुद्धको खेल हाम्रा लागि उच्च मनोबलका साथ छनोट प्रतियोगितामा सहभागी हुन सहयोगी बन्नेछ।’
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस