लन्डन- इङ्ल्यान्डको ओभल मैदानमा भइरहेको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई ३३९ रनको लक्ष्य दिएको छ। टस जितेर भारतले पाकिस्तानलाई ब्याटिङका लागि निम्त्याएको थियो।
फखाहर जमानले ११४ रनको शतकीय पारी खेल्दा ५० ओभरमा ४ विकेट गुमाउँदै पाकिस्तानले ३३८ रन बनाएको हो। ओपनर ब्याट्सम्यान उनले तीन छक्का र १२ चौका प्रहार गर्दै १०६ बलमा ११४ रन जोडेका हुन्। अर्का ओपनर अजहर अलीले ५९ रन बनाए। मोहम्मद हाजिफ ३७ बलमा ५७ रनको विस्फोटक पारी खेल्दै नटआउट रहे। उनले तीन छक्का र चार चौका प्रहार गरेका थिए। यसैगरी बाबर अजामले ४६ रन बनाए।
बलिङतर्फ भुवनेश्वर कुमारले १० ओभरमा २ मेडन राख्दै ४४ रन दिएर एक विकेट लिए, जस्पृत बुम्रारहले ९ ओभर बलिङ गर्दै ६८ रन दिए र रविचन्द्र अश्विनले १० ओ ७० रन दिएका छन्। हार्दिक पाण्डेको एक ओभरमा ५३ रन दिएर एक विकेट लिए। हार्दिक पाण्डेले १० ओभरमा ५३ रन दिएर एक विकेट लिए।
जवाफी ब्याटिङमा अाएको भारतका दुई विकेट सस्तैमा अाउट भएका छन्। तेस्रो बलमै भारतको पहिलो विकेट झरेको हो। भारतका अाेपनर रोहित शर्मा मोहम्मद आमिरको एलबीडब्लु धरापमा परेका हुन्। ७ रनको स्थितिमा विराट कोहलीको पनि विकेट ढलेको छ।
जारी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र भारतबीच भइरहेको यो दोस्रो भिडन्त हो। यसअघि यही प्रतियोगितामा पाकिस्तानले १ सय २४ रनको लज्जास्पद हारका साथ प्रतियोगिताको सुरुआत गरेको थियो। पछिका खेलमा भने पाकिस्तानले उल्लेख्य सुधार गर्दै प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको हो। आजको खेलमा पाकिस्तानले भारतलाई दवाबमा राख्दै आएको छ।
प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका हसन अली पाकिस्तानी टोलीका महत्वपूर्ण सदस्य हुन्। पाकिस्तानी कप्तान तथा विकेटकिपर सरफराज अहमद पनि यस प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका छन्।