यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित
२० साउन २०८०
•
१ मिनेट पाठ
यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित
नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ। 




अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसाथ गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चल मगर र लक्ष्मण थामीले समान एक गोल गरे। खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। तर, ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए। तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्‍यो।

५२ औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे। अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो। सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा निश्चल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको अर्को खेलमा सङ्कटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो। शनिवार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले।

एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो। कुल १० टोली सहभागी यूथ लिग आगामी ६ महिनासम्म चल्नेछ। लिगमा मनाङ मस्र्याङ्दी र पुलिससहित एफसी खुमलटार, सङ्कटा, आर्मी, एपिएफ, फ्रेण्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दैछन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन्। उक्त खेलहरू शनिवार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्। 
अर्को समाचार
पुलिस सेमिफाइनलमा
नागरिक
२७ पौष २०७१
•
४ मिनेट पाठ
पुलिस सेमिफाइनलमा
पोखरा- नेपाल पुलिस क्लवले आइतबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि २-० को विजय हासिल गर्दै मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिसको जितमा जुमानु राई र निरकुमार राईल गोल गरे। जुमानुले आफ्नै प्रहारमा क्रसबारबाट फर्केको बललाई गोलमा परिणत गर्दै आठौं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए। हेम तामाङको क्रसमा जुमानुको हेड क्रसबारबाट फर्किदा उनले पुन: हेडबाट गोल गरेका थिए।




पुलिसको लागि दोस्रो गोल खेलको ५४ मिनेटमा निरकुमार राईले गरे। उनले पेनाल्टी बक्सबाहिर पाएको बललाई कडा सटमार्फत गोलमा परिणत गरेका थिए। पुलिसका दिपेन श्रेष्ठ म्यान अफ दी म्याच भए। सेमिफाइनलमा पुलिसले शहिद स्मारक लिग च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लवसँग खेल्नेछ।

दुवै टिमले आक्रमक खेले पनि आर्मीले गोल गर्न सकेन। २१ औं मिनेटमा टंक बस्नेतले करिब ३० यार्डबाट प्रहार गरेको फ्रि–किक पुलिसका गोलरक्षक रितेश थापाले पञ्च गरेर जोगाएका थिए। त्यस्तै २७ औं मिनेटमा राजिव गुरुङले पेनाल्टी बक्सबाट प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरिदाँ गोलको अवसर चुकेको थियो।

आर्मीका प्रशिक्षक मेघराज केसीले पुलिसको रक्षापंक्ति तोड्न नसकेको प्रतिक्रिया दिए। 'पुलिसको रणनीति सफल भयो। हामी त्योअनुसार चल्न सकेनौं। हामीले फिनिसिङको मौका पनि पाएनौं,' उनले भने, 'पुलिसको डिफेन्स लाइन तोड्न नसक्नु नै कमजोरी रह्यो।'

खेलाडीप्रति कुनै गुनासो व्यक्त नगरेका उनले सधै राम्रो खेल्न नसकिने बताए। 'सधै एकैनासको प्रदर्शन नहुन सक्छ। आज त्यस्तै भएको हो। यो प्रतियोगिताबाट बाहिरिए पनि आगामि प्रतियोगितामा अहिलेका कमजोरी सुधारेर खेल्नेछौं,' उनले भने, 'हामीले काउन्टर एट्याकमा अवसर सिर्जन गर्न सकेनौं।'

पुलिसले पनि पाएका थप अवसर उपयोग गर्न नसक्दा अन्तर बढाउन सकेन। १९ औं मिनेटमा भरत शाहले प्रहार गरेको 'बाइसाइकल किक' पोष्टमा लागेर फर्कियो। त्यसको तीन मिनेटपछि निरकुमारको प्रहारमा पनि पोष्ट नै अवरोध बन्यो। पोष्टबाट फर्केको त्यहि बल जुमानुले प्रहार गर्दा गोलको दिसा लिनबाट चुक्यो। मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा निरकुमारले करिब ३० यार्डबाट गरेको प्रहारले पनि सहि दिशा लिन सकेन।

पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले विपक्षी टिमले रणनीति बुझ्न नसक्दा फाइदा भएको बताए। 'आर्मीले पनि नराम्रो खेलेको होइन। तर हाम्रो रणनीति उनीहरुले बुझ्न सकेनन्,' उनले भने, 'हामीले खेल अवधिभर विपक्षीलाई दवावमा राख्न सकेकै हौ।'

सोमबार हङकङको एभरेस्ट फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबिच खेल हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस