जीवनमा अगाडि बढ्नु छ भने आफूमा सकारात्मक परिवर्तनसँगै हरेक चुनौतीको सामना गर्न सिक्नुपर्छ। त्यो हरेक मानिसमा लागू हुन्छ। खेलाडीले त झनै यसमा ध्यान दिनुपर्छ। किनकि एउटा खेलाडीले जीवनमा जितसँगै धेरै पटक हार सामना गर्नुपर्छ,’ उमा कुङ्फुका खेलाडी सञ्जयराज पुतुवार भन्छन्। आफ्नो खेलजीवनबारे कुरा गर्दा मार्सल आटर््सका यी खेलाडीले यस्तो बताएका हुन्।
सञ्जय उमा कुङ्फुका खेलाडी, प्रशिक्षक र निर्णायक पनि हुन्, जो आफ्नो परिवारले चलाएको व्यवसायमा होइन खेलकुदमा भविष्य खोज्दै छन्। उनको मोह खेलकुदमा रह्यो र यसैमा नै भविष्य खोजे। ‘हरेक खेलाडीले कयौं कठिनाइपछि मात्र सफलता पाउन सक्छन्। तर, त्यसका लागि धैर्यता र सकारात्मक सोच आवश्यक पर्छ। हारमा धैर्यता गुमाउनु र आफ्नो उद्देश्यबाट विचलित हुनु हुँदैन,’ उमा कुङ्फुका २४ वर्षे सञ्जय भन्छन्। उनले खेलिरहेका खेलको अवस्थामा र भविष्यबारे प्रश्न गर्दा उनको जबाफ थियो त्यो। उमा कुङ्फु दोस्रो डानका खेलाडी हुन्, उनी।
केही समयअगाडि मात्र तेस्रो डानको पनि परीक्षा दिएका सञ्जयराज अहिले नतिजाको पर्खाइमा छन्। सञ्जयले मार्सल आटर््स खेल्न थालेको १२ वर्ष भइसकेको छ। सन् २०१२ देखि सञ्जयले उमा कुङ्फु खेल्न सुरु गरेका हुन्। मनमैँजुस्थित पीपलडाँडामा रहेको क्वान (खेल्ने ठाउँ) का प्रशिक्षक कुमार पौडेलले उनलाई खेलमा प्राविधिक र सैद्धान्तिक ज्ञान सिकाएका थिए। ‘सानैदेखि चाइनिज फिल्म मन पथ्र्यो। झन् स्टिक चलाउन त निकै रहर लाग्थ्यो। तर, घरमा यो खेल्न स्वीकृति पाइनँ। पछि साथीसँग गएर उमा कुङ्फुमा भर्ना भएँ,’ उनले भने।
सुरुमा उनले घरबाट खेल्न स्वीकृति पाएनन्। खेल्यो भने झैंझगडा गर्छ भन्ने परिवारको बुझाइ थियो। तर, उनले आफ्नो हठ छोडेनन्। उनलाई आमाले नखेल भन्दै खेल्न लाग्ने शुल्क पनि तिरिदिनुहुन्थ्यो। ‘खेलप्रति अझैं त मानिसहरूको सोच सकारात्मक छैन। मेरो घरमा पनि सुरुआतमा त्यही नै रह्यो। तर, मैले नै धेरै ढिपी गरेपछि ममीले साथ दिनुभयो। ममीले पनि चो पटक लाग्ने हो कि भनेर नखेल न भन्नुहुन्थ्यो। तर, मेरो खुसीको लागि भए पनि पैसाचाहिँ दिनुहुन्थ्यो,’ उनले आफ्ना सुरुआती अवस्थाबारे भने। खेलेको तीन वर्षपछि उनले ब्ल्याक बेल्ट पाए।
त्यसपछि भने आफ्नो रहरका लागि खेल्ने सञ्जयको लक्ष्य बन्यो। सञ्जयले केही प्रतियोगिता पनि खेले। ती खेलमा उनले सफलता पनि पाए। त्यसपछि भने परिवारका सबै सदस्यको साथ उनलाई मिल्यो। यस क्रममा सन् २०१६ मा उनले पहिलो पटक राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिप खेले। पहिलो सहभागितामा नै सञ्जयले स्वर्ण पदक पनि जिते। पुरुष ४०–४५ केजी तौलसमूहमा उनले सफलता पाएका हुन्। सोही वर्ष भारतको दिल्लीमा दक्षिण एसियाली ग्रापलिन च्याम्पियनसिप भयो।
त्यसैले पनि उमाका खेलाडी उसु पनि खेल्ने गरेको उनी बताउँछन्। ‘मलाई पनि उसु धेरै मन पर्छ। उसु र उमा कुङ्फुको धेरै कुरा मिल्छ पनि। यसको विधाहरू उस्तै नै छ। त्यसैले उसु पनि खेलें,’ उनले भने। सञ्जयले उसुबाट राखेप च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुद पनि खेलेका छन्। २०७४ सालमा राखेपको च्याम्पियनसिपअन्तर्गत उसुमा मध्यमाञ्चल क्षेत्रीय छनोटमा छाङ छ्वान विधातर्फ उनी दोस्रो भए। २०७६ सालमा दोस्रो अन्तरक्वान खुला राष्ट्रिय उसु च्याम्पियनसिपमा भएको थियो।
त्यहाँ भने उनले छाङ छ्वान विधामा स्वर्ण जिते। उसु र उमा कुङ्फुलाई उनले सँगै अगाडि बढाउन भने सकेनन्। त्यसैले उनले उसु खेल्न छोडेर उमा कुङ्फुतिर करियर अगाडि बढाए। उनी आफू खेल्दै प्रशिक्षण पनि गराउँछन्। सञ्जय तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा हुन्। आफू बस्दै आएको ठाउँमा उनले तारकेश्वर उमा कुङ्फु स्कुलको स्थापना गरेका छन्। त्यसबाहेक उनी त्यसै क्षेत्रमा रहेको डबल एस फिटनेस सेन्टरमा मार्सल आट्र्स र ताइची ट्रेनिङ पनि गराउँछन्।
‘खेलेर मात्र हुँदैन। आफूले जानेका कुरा सिकाउँदा आफूमा निखारता पनि आउँछ। सँगै आर्थिक रूपमा सहयोग पनि मिल्छ। त्यसैले बाहिर अभ्यास पनि गराउँदै आइरहेको छु,’ सञ्जयले भने, ‘अहिले नेपालको सहरी क्षेत्रमा एउटा खेलाडीले राम्रै आय आर्जन पनि गर्न सक्छन्। प्राय विद्यालयले नै कुनै न कुनै खेल राखेका छन्। यसले गर्दा हामी खेलाडीहरूका लागि राम्रो भइरहेको छ।’ ‘अहिले नेपालको सहरी क्षेत्रमा एउटा खेलाडीले राम्रै आय आर्जन पनि गर्न सक्छन्। प्राय विद्यालयले नै कुनै न कुनै खेल राखेका छन्। यसले गर्दा हामी खेलाडीहरूका लागि राम्रो भइरहेको छ।’ आफूले खेल्दाको समय र अहिले खेलकुदप्रति अभिभावकको सकारात्मक बुझाइमा उनलाई निकै खुसी लाग्ने गरेको छ। ‘मैले खेल्न सुरु गर्दा खेल्न हुँदैन भन्ने अधिकांश अभिभावकको बुझाइ हुन्थ्यो। तर, पछिल्ला समय परिवर्तन हुँदै गएको छ। अभिभावक आपैmँ आफ्ना सन्तानलाई खेल्ने ठाउँसम्म ल्याउनुहुन्छ। खेल्नु भनेको स्वस्थ रहनु पनि हो र सँगै देशका लागि पनि केही गर्न सकिन्छ भन्ने उहाँहरूको मानसिकता वृद्धि हुँदै गएको छ,’ खुसी हुँदै उनले भने।
उमा कुङ्फु पनि नेपालमा मार्सल विधामध्ये एक स्थापित खेल भैसकेको छ। विश्व च्याम्पियनसिप, एसियाली र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले सफलता पाएको छ। ती सफलताहरूमा उनको नाम पनि जोडिएको छ। सन् २०१९ मा बंगलादेशको ढाकामा दोस्रो एसियन कुङ्फु च्याम्पियनसिपमा उनले दुईवटा विधामा पदक जिते। ५६–६० केजी सान्सौं र इगल स्टाइाल फर्म दुवै विधामा उनले स्वर्ण पदक जिते थिए। सन् २०१९ मा पनि उनले अर्को अन्तर्राष्ट्रिय पदक अस्ट्रियाको बिग्रेन्समा पाए।
त्यति बेला मार्सल आट्र्स वल्र्ड कपमा उनले विपन फर्ममा स्वर्ण, लाइट कन्ट्याक्ट किक बक्सिङमा (६० केजीमुनि) रजत र सफ्ट स्किल फर्ममा कांस्य पदक जितेका थिए। सन् २०२२ भएको उमा युरोपियन च्याम्पियनसिपमा पनि उनले प्रतिस्पर्धा गर्ने अवसर पाए। त्यसमा उनको दुईवटा विधामा चुनौती प्रस्तुत गरे। जहाँ उनले विपन फर्म र क्रिएटिभमा स्वर्ण जितेका थिए। सन् २०१८ मा उनले रेफ्री सेमिनारमा सहभागी भए। त्यसयता भने उनी कहिलेकाहीँ निर्णायकको भूमिकामा पनि देखिने गर्छन्।
उनले सन् २०२०, २०२१ र ०२३ मा भएको राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका गरेका छन्। उनले भारतमा सम्पन्न कुङ्फु राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए। फुर्सदको समयमा खेलको निर्णायक बने पनि आफ्नो एकेडेमीलाई अगाडि बढाउने योजना उनको छ। ‘खेलकुदमा सिक्ने क्रम कहिले पनि सकिँदैन। त्यसैले पनि खेल्ने क्रमलाई निरन्तरता नै दिन्छु। साथै आफ्नो एकेडेमीलाई पनि अगाडि बढाउँछु,’ सञ्जयले भने, ‘यहाँबाट दुई ४÷५ जना मात्र राष्ट्रिय च्याम्पियनसिपमा पदक विजेता उत्पादन गर्न सकें भने मेरो लक्ष्य पूरा हुनेछ।’

‘अहिले नेपालको सहरी क्षेत्रमा एउटा खेलाडीले राम्रै आय आर्जन पनि गर्न सक्छ। प्राय विद्यालयले नै कुनै न कुनै खेल राखेका छन्। यसले गर्दा हामी खेलाडीहरूका लागि राम्रो भइरहेको छ।’त्यहाँ उनले ५४–५८ केजी तौलसमूहमा नो गी विधातर्फ स्वर्ण र ग्रापलिनमा रजत पदक जिते। सोही सफलताका कारण नेपाल उमा कुङ्फु संघले त्यो वर्ष उनलाई वर्ष खेलाडीबाट पनि सम्मान गर्यो। त्यसले आफूलाई थप प्रोत्साहन गरेको सञ्जय बताउँछन्। उमा कुङ्फु मार्सल आर्ट्सका आकर्षक विधामध्ये कुङ्फुकै शैलीमा खेलिने एक विधा हो, जसको सुरुआत नेपालमा सन् २००४ देखि भयो। नेपालमा उमा कुङ्फु खेल्ने अधिकांश खेलाडीले उसु पनि खेल्छन्। उनी पनि यसको अपवाद रहेनन्। उसु र उमा कुङ्फुको खेल्नै शैली उस्तै छ।