द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन सोमबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बाफलस्थित ग्रिनफिल्डको कोर्टमा भएको खेलमा एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे। आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो। जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मिलाई ३२–२१, ज्ञान निकेतनले नवीन ज्योतिलाई २९–१२ र किङ्डम हिमालयले महामञ्जुश्रीलाई १३–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
त्यस्तै इडेन ब्रिज एकेडेमी (इबिए) ले साई निलयमलाई २४–८ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मिलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साई निलयमले इबिएलाई २२–१२ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाए।