चुनावी दौडधुपमा क्रिकेट संघ
०६ भदौ २०८०
•
२ मिनेट पाठ
चुनावी दौडधुपमा क्रिकेट संघ
नेपाली क्रिकेट टोली यतिबेला एशिया कपको तयारीको लागि पाकिस्तान गएको छ। तर यता नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारी भने चुनावी सरगर्मीमा छन्। चुनावी सरगर्मीमै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाएका छन्।  




‘नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दैछ। अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौंपछिको अन्तर्राष्ट्रिय भेन्यु बनाउन प्रतिबद्धता गर्छु,’ अध्यक्ष चन्दले भने। नेपाल क्रिकेट संघको चुनावी अभियानले क्रिकेटमा आँच आउन नहुने उनले स्पष्ट पारे। उनले चुनावी सरगर्मी शुरु भईसकेको उल्लेख गर्दै क्यानको चुनावले क्रिकेटका गतिविधिमा आँच आउन नहुने बताए। ‘अध्यक्षको पद व्यक्तिगत होईन, जिम्मेवारी हो,’ उनले थपे, ‘प्रतिस्पर्धा गर्दैगर्दा हामीमा सौहार्दता रहिरहोस।’  

उनले प्रादेशिक क्रिकेट संघ गण्डकीको अधिवेशनलाई सम्बोधन गर्दै पोखरालाई अन्तर्राष्ट्रिय भेन्यु बनाउन सकिने बताए। उनले आवश्यक पभेलियन, चेन्जिङ रुम, व्यवस्थित शौचालय तथा भीआईपी बस्ने ठाँउ बनाउनु पर्नेमा जोड दिए। उनले आफैं नेपाल क्रिकेट संघको नेतृत्वमा आए पोखराल्ँर्य काठमाडौंपछिको अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाए। पोखरालाई अन्तर्राष्ट्रिय भेन्यु बनाएपछि भैरहवाको मैदानमा लिग–२ आयोजना गरिने स्पष्ट पारे।  

अध्यक्ष चन्दले क्रिकेटको गतिविधि अब कछुवा गतिले नहुने दावी गरे। ‘क्रिकेटले देश चिनाएको छ। विश्वकप खेल्ने अवस्थामा छौं। अब कछुवा गतिको क्रिकेट गतिविधिले हुदैन,’ उनले भने, ‘राजनीतिक दलको पनि क्रिकेट प्रति हेर्ने दृष्टिकोण फरक छ। सत्तापक्ष र प्रतिपक्षले पनि क्रिकेटको विकासमा सहयोग गर्नुपर्छ भन्ने मानसिकतामा छन्।’ उनले आईसिसीले उपलब्ध गराउने १७ करोड रुपैयाँ बजेटको ५५ प्रतिशत पुरुष सिनियर टोलीमा खर्च हुने बताए।  अधिवेशनमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले  खेलकुदमा संस्थागत विकासको आवश्यकता रहेको जिकिर गरे। ‘देशलाई चिनाउने नै खेलकुद हो। यसमा सरकारले लगानी गर्नुपर्छ,’ उनको भनाई थियो।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले पोखरालाई यु–१९ विश्वकप खेलाउने मैदानको रुपमा तयार गर्नुपर्ने उल्लेख गरे। उनले पनि पोखरालाई काठमाडौंपछिको क्रिकेटको शहरको विकास बनाउनुपर्नेमा जोड दिए। नेपाल क्रिकेट संघका पूर्व प्रशिक्षक जगत टमटा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनले चारवर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ।  
अर्को समाचार
जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
२८ जेष्ठ २०८०
•
४ मिनेट पाठ
जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।  




गण्डकी प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदै छ। प्रदेश सरकारले ल्याउने बजेटमा पोखरा रंगशाला क्रिकेट मैदानलाई स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराउन संघले आईतबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ज्ञापनपत्र पेश गरेको छ। आगामी सन २०२७ मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सहआयोजना गर्ने तयारी नेपाल क्रिकेट संघले गरेको जनाउँदै पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गरी बैकल्पिक मैदानको रुपमा विकास गर्नुपर्ने ध्यानाकर्षण समेत संघले गरेको छ।

‘संघीय बजेटमा पोखराको क्रिकेट मैदानलाई सम्बोधन नहुँदा प्रदेश सरकारबाटै बजेटको व्यवस्था गरी भईरहेको मैदान स्तरोन्नती गर्ने र नयाँ बैकल्पिक मैदान निर्माणको लागि प्रदेश सरकार समक्ष ज्ञापनपत्र पेश गरेका हौ,।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने,‘रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्दै अन्तर्राष्ट्रियस्तको बनाउनुपर्छ। अर्को बैकल्पिक मैदान पनि अत्यावश्यक भईसकेको छ।’  

मैदानको स्तरोन्नति हुन नसक्दा पोखरामा अन्तर्राष्ट्रियस्तरका खेलहरु पोखरा ल्याउन नसकिएको सुनाउँदै अध्यक्ष सिग्देलले थपे, ‘रंगशालाभित्रको मैदानलाई स्तरोन्नति गरेर अर्को बैकल्पिक मैदान बनाउन प्रदेश सरकार आफैं अगाडि सर्नुपर्छ।’ पोखरामा बैकिल्पक मैदानसहित गण्डकी प्रदेशमा कम्तीमा तीनवटा खेल मैदानको व्यवस्था गर्नु समेत आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए।  
गण्डकी प्रदेशमै पोखरा रंगशाला क्रिकेट मैदान जस्तै उपयुक्त क्रिकेट मैदान अर्को छैन्। संघीय सरकारको बजेटमा समेत हेपिएपछि प्रदेश सरकारकै दायित्व हुने भन्दै मैदान बनाउन आवश्यक बजेट दिनुपर्नेमा जोड प्रादेशिक क्रिकेट संघको थियो। प्रदेश सरकारको सहभागितामा पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्नेमा जोड रहेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजूले बताए। ‘बैकल्पिक मैदानको रुपमा पोखरा–१४ छिनेडाडाँस्थित बाच्छेवुडुवामा बनाउने ध्यानाकर्षण गरायौं’ उनले भने, ‘प्रदेशकै छुट्टै मैदान बनाउनुपर्छ भन्ने ध्येय छ। मुख्यमन्त्रीसहित प्रदेश सरकार सकारात्मक छ।’  

मुख्यमन्त्री पाण्डे समक्ष पेश गरिएको ज्ञापनपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व गरेर प्राप्त गरेको सफलतालाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्ने दोहोेर्याएको छ। ‘गण्डकी प्रदेश सरकारले गतवर्ष महिला उमेर समूह विजेता बन्दा घोषणा गरिएको पुरस्कार अझै पाउन नसकिरहेको अवस्थामा पुनःयसलाई अगाडि बढाउन अनुरोध छ।’ गण्डकी प्रदेश महिला टोलीले गतवर्ष कर्णाली प्रदेशलाई पराजित गर्दै सुदुर पश्चिम मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।

उपाधि जितेर फर्किएको टोलीलाई तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीलाई खादा लगाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका थिए। त्यो घोषणा केवल घोषणमै सीमित रहेको जनाउँदै कास्की जिल्ला क्रिकेट संघले खेलाडीलाई प्रोत्साहन स्वरुप घोषित पुरस्कार प्रदान गर्न प्रदेश सरकार समक्ष आग्रहसहित ज्ञापनपत्र पेश गरिएको संघले जनाएको छ।  

संघले विद्यालयस्तरीय छात्रतथा छात्राहरुको जिल्ला तहदेखि प्रदेशस्तरसम्म प्रतियोगिता सञ्चालन गर्न समेत ज्ञापनपत्र उल्लेख गरेको छ। संघले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्न र खेललाई जारी राख्न प्रेरित गर्न रोजगारीको व्यवस्था गर्नुपर्ने जोड दिएको छ। ज्ञापनपत्रमा जिल्लालाई प्रतिनिधित्व गर्दैै राष्ट्रिय टोलीमा सफल खेलाडीहरु दिपेश खत्री,करण केसी (पुरुष सिनियर), समीर सेन, अर्जुन कुमाल, सुवास भण्डारी, हरि चौहान (पुरुष उमेर समूह), सृष्टि जैसी, शिला रेग्मी क्षत्री (महिला उमेर समूह, एशियाड चीन), मनिषा उपाध्याय (महिला सिनियर), सिब्रिन श्रेष्ठ र सोहेल कुँवर (बन्द प्रशिक्षण यु–१६) र प्रदेशबाट किशोर महतो, दिपक डुम्रे, विज्ञान पाण्डे (बन्द प्रशिक्षण यु–१६ नवलपुर), अञ्जली विक (स्याङजा) रहेका छन्।  

प्रदेश सदस्य तथा संसदीय दलको उपनेता विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचन लगायतको उपस्थितिमा संघले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र पेश गरेको थियो।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस