एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। योसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ।
सोमबार श्रीलंकाको पालेकेले रंगशालामा सम्पन्न खेलमा डिएलएस मेथड अनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो। जुन लक्ष्य भारतले १७ बल बाँकी छदै पुरा गरेको हो।
भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे। जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको छ।
टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो।
यसअघि नेपाल एसिया कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो।