चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा जेसीज कप फुटबल प्रतियोगितामा सुरु भएको छ।
मंगलबारबाट सुरु भएको प्रतियोगितामा सिमपानी एफसी र हाँडीखोला यूथ क्लबले विजय यात्रा सुरुवात गरेका छन्। उद्घाटन खेलमा सिमपानीले मनहरी ४ नम्बर वडा फुटबल टिमलाई २–० ले हरायो। सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे। उनी नै खेलको म्यान अफ द म्याच भए।
दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० ले हरायो। पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच अभिषेक राई भए।
कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको छ। प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालले गरेका हुन्।
उनले मकवानपुरको पश्चिमी क्षेत्रमा क्रियाशील जेसीजसँग सहकार्यका लागि मनहरी गाउँपालिका तयार रहेको बताए। कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लबको बीच खेल हुनेछ।