मलेसियाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा मंगलबार नेपालसामु एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो। निकै आक्रामक सुरुआत गरेको मलेसियाले २७ बलमा नै ५० रन जोड्यो।
नेपालका बलरमाथि हाबी भएका मलेसियाका ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे। अविनाश बोहोराले ५.५ ओभरमा जबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए।
पहिलो विकेट पतनपछि नै मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो। एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए। तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद फैजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो। एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे। तर, लेग स्पिनर सन्दीप लामिछानेले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए। त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास गर्यो।
ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे। तर, कप्तान रोहित पौडेलले सार्भिनलाई १३ रनमा कट एन्ड बोल्ड गर्दै त्यो साझेदारी तोडे। १४औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो। यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्त्वपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो। गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। सैइदको इनिङमा आठ चौका र दुई छक्का थियो। त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे।
यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उनले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्फ अग्रसर गराए। नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए। सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो। अनुभवी बलर सोमपाल कामी र करण केसी विकेट विहीन भएसँगै महँगा पनि रहे।