नेपाल उपाधि विमुख
२० कार्तिक २०८०
•
३ मिनेट पाठ
नेपाल उपाधि विमुख
‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।




टवान्टी–२० को उत्कृष्ट बलर मानिएका अविनाश बोहोराले खराब बलिङ गरेपछि नेपालले सुपरओभरमा २२ रनको चुनौतीपूर्ण लक्ष्य पायो । तर, जबाफमा नेपालले १० रन मात्र बनाएपछि उपाधिविमुख हुन पुग्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८४ रन जोडेपछि खेल ‘टाई’ हुँदा सुपरओभरमा धकेलिएको हो । तर, सुपर ओभरमा अविनाशले खराब बलिङ गरे । नसिम खुसीले उनलाई तीन छक्का प्रहार गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिए ।

जबाफमा नेपालले पहिलो बलमा नै कुशल भुर्तेललाई गुमाउन पुग्यो । ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गर्दै दोस्रो बलमा कुनै रन दिएनन् । उनले तेस्रो र चौथो बलमा समान एक रन मात्र दिँदै ओमानको जित सुरक्षित गराए । कुशल मल्लले पाँचौं र छैटौं बलमा चौका प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । तर, डेथ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदा सात रन मात्र खर्चिएपछि खेल ‘टाई’ भयो ।

तथापि, सुपर ओभरमा खराब बलिङपछि नेपाल उपाधि विमुख रह्यो । समूहचरणमा नै नेपालमाथि जित निकालेको ओमान अपराजित रहँदै उपाधि जित्न सफल भयो । चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओमानले सुरुदेखि आक्रामक ब्याटिङ गर्‍यो । पावर प्लेमा एक विकेट गुमाउँदा ओमानले ६३ रन जोड्यो । ओपनर कश्यप प्रजापतिले ६३ रन जोड्दा अकिब इलियसले ३३ रन, कप्तान जिसान मक्सुदले २६ रन बनाउँदा मोहम्मद नादिम २४ रनमा नटआउट रहँदै ओमानलाई बलियो स्थितिमा पुर्‍याए ।

अन्तिम ओभरमा सन्दीपसामु चल्न नसक्दा जित भने निकाल्न सकेन । नेपालको बलिङमा सन्दीप र करण केसीले दुई तथा विवेक यादव, अविनाश, गुल्सन झा र सोमपाल कामीले समान एक विकेट लिए । त्यसअघि टस जितेर उत्कृष्ट ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८४ रन जोड्यो । कप्तान रोहित पौडेलले ५२ रन र गुल्सनले ५४ रनको अर्धशतकसहित राम्रो योगफलसम्म पु¥याए । नेपालले २.४ ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमै गुमायो ।

तर, अर्का ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै पावरप्लेमा ४७/१ को स्थितिमा पुर्‍याए । सातौं ओभरको पहिलो बलमै नेपालले अर्को विकेट पनि गुमायो । सन्दीप जोरा १३ बल खेलेर १० रनमा आउट भए । लगत्तै आठौं ओभरमा कुशल भुर्तेल ३१ रनमा पवेलियन फर्किएसँगै ओमानी बलर हाबी भए । दबाबमा परेको नेपालले दशौं ओभरमा कुशल मल्ललाई ३ रनमै गुमाएपछि ६०/४ को नाजुक अवस्थामा पुग्यो । तथापि, कप्तान रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ७८ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पुर्‍याए । १६.६ ओभरमा बिलालले गुल्सनलाई आउट गराउँदै साझेदारी तोडे ।

गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । एक छेउबाट रोहितले इनिङ अगाडि बढाए । तर, विवेक यादव ३ बल खेलेर १ रनमा आउट हुन पुगे । १६.६ ओभरमा नेपाल १३८/५ को अवस्थामा थियो । त्यसपछि करण केसीले रोहितसँग छैटौं विकेटका लागि अविजित ३२ रनको साझेदारी गरे । करणले ६ बलमा दुई छक्का र एक चौकासहित २० रन जोडे । रोहितले ३७ बलमा पाँच चौका र दुई छक्का हिर्काए । ओमानको बलिङमा बिलालले तीन विकेट तथा अकिब इलियसले दुई र जिसानले एक विकेट निकाले । 
अर्को समाचार
हेल्प नेपाल उपाधि विमुख
३० मंसिर २०८१
•
२ मिनेट पाठ
हेल्प नेपाल उपाधि विमुख
ट्रफी ग्रहण गर्दै भारतको क्यालिकट हिरोज। तस्बिर: विशाल पन्थ
नेपालको च्याम्पियन हेल्प नेपाल स्पोटर्स क्लब घरेलु मैदानमा सम्पन्न काभा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ।




च्याम्पियनसिपको फाइनलमा शनिबार हेल्प नेपाल भारतको क्यालिकट हिरोजसँग ३–१ ले स्तब्ध भएको हो। यसअघि लिगमा भने हेल्प नेपालले भारतको प्राइम भलिबल लिग च्याम्पियन क्यालिकटमाथि जित रचेको थियो।

क्यालिकटसँग म्याच पोइन्टबाट खेल खोस्दै हेल्प नेपालले ३–२ ले जित निकालेको हो। तर, फाइनलमा भने नेपाली टोली असफल भयो। हेल्प नेपाल भने आठौं प्रधानमन्त्री कपको विजेता हो। हेल्प नेपालसँगै गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री कपको शीर्ष दुई टोलीका रूपमा च्याम्पियनसिपको यात्रा तय गरेको थियो। तर, गण्डकीको यात्रा भने लिगचरणमा नै सीमित बन्न पुग्यो।

चार राष्ट्रका पाँच क्लब सहभागी च्याम्पियनसिपमा हेल्प नेपाल फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल भयो। यसअघि लिगको अन्तिम खेलमा पनि हेल्प नेपाल इरानको यु–१८ टोलीसँग पराजित भएको थियो। तर, सेमिफाइनलमा भने हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीमाथि जित रच्दै फाइनलको यात्रा तय गरेको हो।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा तेस्रो सेटमार्फत पुनरागमन गर्ने संकेत गरे पनि सफलता पाउन सकेन। क्यालिकट अट्याकमा अब्बल रह्यो। हेल्प नेपाल भने डिफेन्ससँगै ब्लकमा पनि असफल भयो।

क्यालिकटले पहिलो दुई सेट २५–२१, २६–२४ ले सहजै जित्यो। तर, तेस्रो सेट हेल्प नेपालले २५–१४ ले बाजी मार्‍यो। तर, चौथो सेट क्यालिकटले २५–१७ ले आफ्नो बनाउँदै हेल्प नेपालको लक्ष्य पूरा हुन दिएन। इरानको युवा टोली तेस्रो भयो। इरानी टोलीले तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा क्लब एचडिसीलाई हराएको हो।

क्लब एचडिसीले इरानको युवा टोलीलाई कडा चुनौती दिए पनि जित निकाल्न भने सकेन। इरानले ३–० को सोझो सेटमा नै हरायो। इरानी टोलीले पहिलो सेट २५–२१, दोस्रो सेट २७–२५ र २७–२७ ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको हो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, काभाका अध्यक्ष मोहमेद लथिम र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे।  
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस