मकवानपुर जिल्ला फुटबल संघले आयोजनामा गरेको स्थानीय तह सहिद स्मृति पाँचौ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको छ।
आयोजकले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो।आयोजकका अनुसार प्रतियोगितामा एक करोड १९ लाख २२ हजार ७९१ रुपैयाँ खर्च भएको छ।
माघ २८ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको संघका कोषाध्यक्ष अमृत लुङ्बाले जानकारी दिए।
प्रतियोगितामा १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको थियो। प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद्ले ४३ लाख, हेटौंडा उपमहानगरपालिकाले १८ लाख ७५ हजार, टिकटबाट ९ लाख ९१ हजार, मकवानपुरका स्थानीय तहबाट २५ लाख ६९ हजार, हेटौंडा स्कुल अफ म्यानेजेमन्टबाट ६ लाख ९० हजार रुपैयाँको बुलेट मोटरसाइकल तथा अन्य आम्दानी २ लाख २० हजार रुपैयाँ प्राप्त भएको थियो।
प्रतियोगितामा पुरस्कार १८ लाख ७५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँको मोटरसाइकल, खेलाडीको भत्ता तथा यातायातमा ३२ लाख ७ हजार ७४, प्रचारप्रसारमा ४ लाख ७९ हजार ५ सय, खाजा नास्तामा ३ लाख ९५ हजार ९४० रुपैयाँ खर्च भएको छ।
यस्तै अन्य विभिन्न शीर्षकमा गरी एक करोड १९ लाख २२ हजार ७९१ रुपैयाँ खर्च भएको कोषाध्यक्ष लुङ्बाले बताए।
यो पटक स्थानीय तहबाट प्राप्त हुने रकम घटेको, टिकट विक्री असाध्यै न्यून रहेका सोचे जस्तो रकम बचत गर्न नसकिएको एन्फाका केन्द्रीय सदस्य समेत रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए।
बचत भएको रकम जिल्लामा फुटबल खेलको विकासमा खर्च गरिने उनले बताए। प्रतियोगिताको आगामी संस्करणमा अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडीहरु सम्मिलित क्लब र एनएसएल टिमलाई समेत बोलाउने तयारी भइरहेको फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए।
प्रतियोगिताको छैठौं संस्करण यही पुष महिनामा गर्ने आयोजकको तयारी रहेको छ। पाँचौ संस्करणमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो।