आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत जारी फाइनल खेलमा अस्ट्रेलियालाई दोस्रो झट्का लागेको छ।
आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पाँच ओभरभित्रै दुई विकेट गुमाएको हो।
अस्ट्रेलियाले ४.३ ओभरमा मिचेल मार्सलाई दोस्रो विकेटको रुपमा गुमायो। मार्सले १५ बलमा १५ रन बनाए।
यसअघि दोस्रो ओभरको पहिलो बलमै भारतले अस्ट्रेलियाका ओपनर डेविड वार्नरको विकेट लिएको हो। वार्नर तीन बलमा सात रन बनाएर आउट भएका हुन्। हाल खेलको ६.५ ओभरसम्म अस्ट्रेलियाले २ विकेटको क्षतिमा ४६ रन बनाएकाे छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।