न्युजिल्यान्डको जितमा विलियम्सन नायक
२३ पौष २०७४
•
३ मिनेट पाठ
न्युजिल्यान्डको जितमा विलियम्सन नायक
सतक बनाएपछि विलियम्सन ।
वेलिङ्टन– एएफपी– कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले शनिबार पहिलो एकदिवसीय शृंखलामा पाकिस्तानलाई डर्कवर्थ लुइस पद्धतिमा ६१ रनले पराजित गरेको छ ।




न्युजिल्यान्डले जितका लागि न्युजिल्यान्डले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएका थियो । त्यसपछि पाकिस्तानलाई जितका लागि ३१ ओभरमा २ सय ८८ रनको लक्ष्य दिइएको थियो । तर पाकिस्तानले वर्षाअघि नै ३१ ओभरको खेल खेलिसकेकाले न्युजिल्यान्डले डकवर्थ लुइस पद्धतिमा खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।

पाकिस्तानका ओपनर फखर जमानले अविजित ८२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पहिलो ओभरको चौथो बलमा टिम साउथीले ओपनर अजर अललाई एलबिडब्लुको सिकार बनाउँदै पवेलियन फर्काएपछि संकटमा परेको पाकिस्तानको इनिङ थप एक रन जोड्दा बाबर आजमलाई गुमाएपछि धराशयी बनेको थियो । त्यस्तै मोहम्मद हाफिज, सोएब मलिक र कप्तान सरफराज अहमद पनि सस्तोमा पवेलियन फर्केपछि पाकिस्तान दबाबमा परेको थियो ।

५४–५ मा भएको पाकिस्तानी इनिङलाई छौंटौ विकेटका लागि जमान र साडब खानले ७८ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन । ८६ बल खेलेका जमानले ५ चौका र ४ छक्का प्रहार गर्दा ३२ बल खेलेका खानले ४ चौकाको मद्दतमा २८ रन जोडे । त्यस्तै फहिम अस्सरफले अविजित १७ रन जोडे । न्युजिल्यान्डका साउथीले ३, ट्रेन्ट बोल्टले २ र टोड् एस्ट्लेले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १५ रनको सम्मानजनक योगफल खडा गरेको थियो । न्युजिल्यान्डका विलियम्सनले १ सय १५ रन जोडे । १ सय १७ बल खेलेका विलियम्सनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर कोलिन मुनरो र मार्टिन गुप्टिलले क्रमश ५८ र ४८ रनको योगदान दिए । ३५ बल खेलेका मुनरोले ६ चौका र २ छक्का प्रहार गर्दा ७२ बलको सामना गरेका गुप्टिलले ४ चौका र २ छक्का प्रहार गरे । पाकिस्तानका हसन अलीले ३ तथा, मोहम्मद आमिर, रुमान रहिस,फाहिम र जमानले समान १–१ विकेट लिए ।

यस जितसँगै न्युजिल्यान्डले पाँच एकदिवसीय शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो एकदिवसीय खेल मंगलबार नेल्सनमा हुनेछ ।
अर्को समाचार
न्युजिल्यान्डको जितमा विलियम्सन नायक
०६ मंसिर २०७३
•
५ मिनेट पाठ
न्युजिल्यान्डको जितमा विलियम्सन नायक
क्राइसचर्च- केन विलियम्सनको अर्धशतक मद्धतमा न्युजिल्यान्यान्डले आइतबार हगले ओभलमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तानमाथि ८ विकेटको विजय हासिल गरेको छ। जितपछि न्युजिल्यान्डले ४ खेलसम्मको हारको शृंखला अन्त्य गरेको छ।




वर्षाका कारण पहिलो दिन ‘वासआउट’ भएपछि शुरू भएको खेलमा थोरै रनको स्कोर बनेको थियो। जुन ८ सेसनमा सकिएको थियो। विलियम्सनले दोस्रो इनिङमा ६१ रनको योगदान गरे। उनको टेस्टमा यो २४ औं अर्धशतक हो भने खेलमा सबैभन्दा उच्च स्कोर हो।

दोस्रो इनिङमा १ सय ७१ रन जोडेर पाकिस्तान अलआउट भएपछि घरेलु टोलीले जितका लागि १ सय ५ रनको लक्ष्य पाएको थियो। जुन न्युजिल्यान्डले चौंथो दिनको विहानी सत्रमा २ विकेट गुमाएर पूरा गरेको थियो। विलियम्सन अजहर अलीको बलमा असद शफिकको हातबाट आउट भएका थिए। त्यसपछि डेब्यू गरेका जित राभलले यासिर शाहको बलमा चौका प्रहार गर्दै घरेलु टोलीको इनिङ सकेका थिए।

यो जितले न्युजिल्यान्डको मनोबल बढाउन मद्धत गरेको छ। टोली भारत भ्रमणमा ‘ह्वाइटवास’ भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकासँग २ सय ४ रनले पराजित भएको थियो।

‘टस जित्नु हाम्रो लागि राम्रो भयो,’ विलियम्सनले भने, ‘दक्षिण अफ्रिका र भारतको कठिन भ्रमणबाट हामीले धेरै अनुभव बटुलेका थियौं। ति दुवै भ्रमण सुखद हुन सकेन। तथापी हामीले धेरै सिक्ने मौका पायौं।’

परिवारिक समस्याका कारण नियमित कप्तान मिसबाह उल हक स्वदेश फर्किएपछि पाकिस्तानको कप्तानी सम्हालेका अजहर अलीले टोलीको प्रदर्शनमा बहानावाजी गर्न नसकिने बताए।

‘एउटा व्यवसायिक टोलीको रुपमा हामीले विश्वको जुनसुकै कुनामा गए पनि राम्रो गर्न सक्नुपर्छ। त्यहाँको अवस्थाअनुसार खेल्न सक्नुपर्छ। यहाँको कन्डिसनमा पनि हामी भिज्न सक्नु पर्थ्यौ,’ अलीले भने, ‘विश्वको जुन ठाँउबाट आए पनि यहाँको वातावरणवारे जानकारी हुनुपर्छ। भारतीय उपमहाद्धिपको टोलीलाई यहाँ गाह्रो हुन्छ भन्ने पहिल्यै थाहा भएकै हो। समयसँगै हामीले सुधार गर्नेछौं। चाढै लय समाउनेमा हामी आशावादी छौं।’

न्युजिल्यान्डबाट डेब्यू गरेका खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। दोस्रो इनिङमा ३६ रनमा अविजित रहेका ओपनर राभलले पहिलो इनिङमा सबैभन्दा धेरै ५५ रन बनाएका थिए। त्यस्तै मध्यम गतिका बलर कोलिन डी ग्रान्डहोमले पहिलो इनिङमा ४१ रन दिएर ६ विकेट लिए। ग्रान्डहोमको उच्च प्रदर्शनका कारण पहिलो इनिङमा पाकिस्तान १ सय ३३ रनमा अलआउट भएको थियो।

पहिलो इनिङमा न्युजिल्यान्ड २ सय रनमा अलआउट भएपछि ब्याटिङ थालेको पाकिस्तान तेस्रो दिनको समाप्तीमा १२९–७ को स्थितीमा थियो। पाकिस्तानले चौंथो दिन थप ४२ रन जोड्दा सबै विकेट गुमायो।

सोहिल खानले टेस्ट करियरकै सबैभन्दा धेरै ४० रन बटुले भने असद सफिक १७ रनमा पवेलियन फर्किए। सोहिलले पवेलियन फर्किनुअघि ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। यसैगरी सफिकले ४७ बलमा २ चौका प्रहार गरे। सोहिललाई टिम साउथीले ग्रान्डहोमको हाटबाट क्याच गराए भने शफिक नेइल वाग्नरको बलमा आउट भएका थिए।

घरेलु टोलीका ट्रेन्ट बोल्ट, टिम साउथी, र वाग्नरले ३–३ विकेट लिए भने ग्रान्डहोमको नाममा १ विकेट रह्यो। दोस्रो टेस्ट ह्यामिल्टनमा शुक्रबार शुरू हुनेछ। ३१ वर्षमा न्युजिल्यान्ड पाकिस्तानविरुद्ध पहिलो पटक शृंखला जित्ने अभियानमा छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस