युथ अफ टीकापुर र सत्यवती एकेडेमीले जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौं संस्करणमा बिहीबार जित निकालेका छन्।
कैलालीको धनगढीमा जारी एलपिएलमा युथ अफ टीकापुरले शारदा सेकेन्डरी स्कुलमाथि तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्समाथि जित निकालेका हुन्। पहिलो खेलमा युथ अफ टीकापुरले शारदामाथि ९४ रनको जित निकाल्यो। १९० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
शारदाका सुशान्त खत्रीले सर्वाधिक ३७ रन तथा सुवास सिंहले १६ रनको योगदान दिए। युथ अफ टीकापुरका प्रकाश जैसीले तीन विकेट तथा मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १÷१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको युथ अफ टीकापुरले १७.५ ओभरमा सबै विकेट गुमाउँदा १८९ रन बनायो।
युथ अफ टीकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए। प्लेयर अफ दी म्याच घोषित शाहले ३७ बलमा सात चौका प्रहार गरे। सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदीप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए। शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए।दोस्रो खेलमा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ लाई तीन विकेटले हरायो।