लालीगुराँस टिम च्याम्पियन
२४ मंसिर २०८०
•
१ मिनेट पाठ
लालीगुराँस टिम च्याम्पियन
लालीगुराँस नेसनल एकेडेमीले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।




तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा लालीगुराँस २३ स्वर्ण, ९ रजत र ७ कांस्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो। डिफेन्डिङ च्याम्पियन हिमरश्मि १४ स्वर्ण, २१ रजत र १२ कांस्यसाथ दोस्रो भयो।

तेस्रो स्थानको किन्डर गार्टेनले १० स्वर्ण र २ रजत हात पार्‍यो। ६ स्वर्ण, ५ रजत र २ कांस्यसाथ कौशल इङलिस बोर्डिङ स्कुल चौथो भयो। टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याललगायतले पुरस्कृत गरे। प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो।

कुल ७२ स्वर्णका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यस संस्करणदेखि टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको थियो। मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
अर्को समाचार
एथलेटिक्समा उत्कृष्ट लालीगुराँस
२३ मंसिर २०८१
•
१ मिनेट पाठ
एथलेटिक्समा उत्कृष्ट लालीगुराँस
लालीगुराँस नेसनल एकेडेमी तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा टिम च्याम्पियन भएको छ।




तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा लालीगुराँस सर्वाधिक १९ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो। लालीगुराँसले पहिलो दिन पाँच, दोस्रो र अन्तिम दिन समान सात स्वर्ण जित्दै स्वर्णसंख्या १९ पुर्‍याएको हो।

लालीगुराँसले थप चार रजत र एक कांस्य पनि प्राप्त गर्‍यो। हिमरश्मि हाइ स्कुल दोस्रो भयो। हिमरश्मिले पाँच स्वर्ण, १० रजत र पाँच कांस्य पदक जितेको हो। तेस्रो स्थानको कौशलले एक स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो। एथ्लेटिक्समा कुल १४ विद्यालयका विद्यार्थीले कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। बाँकी एक स्वर्ण श्रृजना ज्ञान सागरले जितेको थियो। श्रृजना ज्ञानसागरले थप एक रजत र तीन कांस्य पदक प्राप्त गर्‍यो।

हिमरश्मि र ल्यान्डमार्क उपाधिनजिक

हिमरश्मि र ल्यान्डमार्क एकेडेमीले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत छात्रा बास्केटबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ।

मनमैजुस्थित लालीगुराँसको कोर्टमा शनिबार भएको सेमिफाइनलमा हिमरश्मिले आयोजक लालिगुराँसलाई र ल्यान्डमार्कले मानसिंहलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। हिमरश्मिले लालीगुराँसमाथि १९–१३ को जित निकाल्यो। हिमश्मिको जितमा सिर्जना तामाङले ६ अंकको योगदान दिइन्। ल्यान्डमार्कले पनि मानसिंहलाई १८–१५ ले हरायो। साजन खत्रीले सर्वाधिक सात अंक जोडिन्।

जुनियर छात्रमा लालीगुराँस र एञ्जल्स हार्ट उपाधिका लागि भिड्नेछन्। लालीगुराँसले जीवन ज्योतिलाई २८–१५ ले हराउँदा सर्गम गुरुङले १० स्कोर गरिन्। एञ्जल्स हार्टले हिमरश्मिको चुनौती २१–१६ ले पराजित गर्‍यो। एञ्जल्स हार्टका सौरव श्रेष्ठले आठ अंक जोडे।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस