भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु
११ पौष २०८०
•
१ मिनेट पाठ
भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु
आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा  भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।




प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयका ७५० जना विद्यार्थीहरूको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ।पुस १३ गतेसम्म संचालन हुने यो प्रतियोगिताका खेलहरू सहिद स्मृति खेलमैदान, माहेश्वरी खेलमैदान, लिबाली कभर्ड हल र ख्वप कलेज लगायतका ठाउँमा हुनेछन। 

प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भलिबल खेलका रेफ्री लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै गरेका हुन।

आज विहान सहिद स्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल भएको थियो।त्यसैगरी ,भोलि  माहेश्वरी खेलमैदानमा एथलेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो र पुस १३ गते  ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलहरू हुनेछन।

उद्घाटन समारोहमा भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र भनपा वडा न ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासी लगायतको विद्यालयका शिक्षक शिक्षिका र प्रधानध्यापकको उपस्थित रहेको थियो।

अर्को समाचार
जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
२७ पौष २०८०
•
१ मिनेट पाठ
जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।




जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकस्थित खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिने बताए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिम्न्याष्टिक सङ्घका केन्द्रीय सदस्य बचन देउजा, प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्य लगायतले खेलकुदको विकासका लागि राज्यले खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले जिल्लाका चारवटा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता र उपविजेता टोली तथा छनोट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीको प्रतियोगितामा प्रतिस्पर्धी रहेको बताए।

उनले भलिबल, कबड्डी, उसु, कराते, तेक्वान्दो र एथलेस्टिक गरी छवटा खेलमा सात सय ५२ खेलाडी प्रतिस्पर्धामा रहेको बताए। यही पुस २९ गते हुने समापन कार्यक्रममा विजेतालाई रनिङ शिल्ड तथा अन्य उपविजेता, प्रथम, द्वितीय तथा तृतीय र उत्कृष्ट खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस