त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘दोस्रो त्रियुगा अन्तर विद्यालयस्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ मा त्रियुगा नमुना मावि गाईघाटले वर्चश्व कायम गरेको छ। गत बुधबारदेखि शनिबारसम्म सञ्चालित प्रतियोगितामा एथ्लेटिक्सतर्फ आठ इभेन्टसहित भलिबलतर्फ पुरुष महिला दुवै र कबडीमा महिलातर्फ जित निकाल्दै त्रियुगाले तीन सय १५ अंक बटुल्दै प्रथम स्थान लिन सफल भएको हो।
१ सय ५ अंक बटुलेर रामजानकी मावि मोतिगडा दोस्रो भएको छ। रामनाजकीले कबडीमा प्रथम, र एथ्लेटिक्समा ४ इभेन्टमा प्रथम र भलिबलतर्फ दुवै टिममा दोस्रो हुँदै उपविजेता बन्न पुगेको आयोजक त्रियुगा नगर खेलकुद विकास समितिका
अध्यक्ष विजयसिंह दनुवारले बताए। उनका अनुसार प्याराडाइज मावि गाईघाट ८३ अंक ल्याएर तेस्रो भएको छ। प्याराडाइजले एथ्लेटिक्समा ५ हजार र १५ सय मिटर दौडमा पहिलो जित निकालेको छ भने अन्यमा मिश्रित जित हासिल गरेको आयोजकले जनाएको छ।
त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा आयोजित प्रतियोगितामा भलिबलमा महिलातर्फ ११ विद्यालय र पुरुषतर्फ १४ विद्यालयको सहभागिता थियो। नगरपालिकाका १६ वटै वडाका ० देखि १२ कक्षासम्म सञ्चालित सामुदायिक तथा संस्थागत गरी ३२ विद्यालयका छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा कराते, तेक्वान्दो, कबडी र एथ्लेटिक्स गरी ५ बिधामा स्पर्धा गराइएको थियो। जसमा सामुदायिक विद्यालयहरूले वर्चश्व कायम गरेका छन्।
एथ्लेटिक्सतर्पm ५ हजार मिटर, १५ सय, ८ सय, ४ सय मिटर, २ सय र १ समय मिटर दौडमा पुरष महिला दुवैतर्फ प्रतिस्पर्धा गराइएको थियो। त्यसैगरी एथ्लेटिक्समै सटफुट, हाइजम्प, लङजम्प, ज्यावलिङथ्रोमा स्पर्धा गराइएको नगरपालिकाकी स्थानीय शिक्षा अधिकारी शिवकुमार राउतले बताइन्। उनका अनुसार १६ वटै वडाका माध्यमिकस्तरमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा कुनै न कुनै पुरस्कार सबैलाई प्राप्त भएको छ।
विभिन्न ५ विधा भए पनि धेरैवटा इभेन्टका खेल स्पर्धा गराइएकाले सबै विद्यालयले कुनै न कुनै स्थान लिन पाएको उनको भनाइ छ। विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमार्फत बाहिरी ज्ञान दिलाउने उदेश्य तथा स्वास्थ्य स्फूर्ति र अनुशासनका लागि खेलकुद अनिवार्य भएको महसुस गर्दै नगरपालिकाले बर्सेनि मेयर रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्दै आएको राउतको भनाइ छ।
क्याप्सन
प्रतियोगिता विजेतालाई रनिङ सिल्ड प्रदान गर्दै मेयर बस्नते र अध्यक्ष दनुवार। तस्बिर ः नागरिक