मकवानपुर जिल्ला खेलकुद विकास समिति र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुई लाख रुपैयाँ जितेको हो। एपीएफले न्यू डाइमण्डलाई २५–१९ २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो।
उपविजेता भएको न्यू डाइमण्डले एक लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपीएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमण्डले प्राप्त गर्यो।
उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेण्डर सलिना श्रेष्ठ र सेटर प्रगती नाथ घोषित भए। सर्वोत्कृष्ट खेलाडीले १५ हजार र बाँकी विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको थियो। एपीएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए।
समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए। प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले समग्र खेल क्षेत्रसहित उपमहानगरको सर्वाङ्गीण विकासमा आफूहरु लागिपरेको बताइन्। यस्ता खेलकुदले जिल्ला तथा नगरको नाम बाहिर पनि चिनाउन मद्दत पुग्ने उनको भनाई थियो। आगामी दिनमा पनि खेलकुदका यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आवश्यक सहयोग गर्ने मेयर लामाको प्रतिबद्धता रहेको थियो।