न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी
२८ माघ २०७४
•
२ मिनेट पाठ
न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी
चितवन – चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो ।  न्यु डाइमन्डले २५–२०, २५–७,  २५–१५ को जित हात पा¥यो।




समूह ‘ए’ कोे अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले इन्फ्याट बंगलादेशलाई ३–० को सेटमा पराजित ग¥यो । बलियो एपिएफसमक्ष बंगलादेशी टिम निरीह देखियो । एपिएफले बंगलादेशमाथि २५–६, २५–७ र २५–७ को जित दर्ता गरायो ।

शनिबार नै भएको अर्को खेलमा गृहजिल्लाको टिम चितवन टाइगरलाई अर्को विभागीय टिम नेपाल आर्मीले सोझो सेटमा  पराजित ग¥यो । समूह ‘बी’ को यो खेलमा आर्मीले २५–१२, २५–१५,  २५–१० को जित निकाल्यो।

प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।  दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिने म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए।  

प्रतियोगिताका विजेताले २ लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र एवं सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइनेछ । प्रतियोगिताको शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।  
अर्को समाचार
न्यु डायमन्ड र एपिएफ विजयी
२८ भदौ २०७२
•
४ मिनेट पाठ
न्यु डायमन्ड र एपिएफ विजयी
काठमाडौं- साबिक विजेता न्यु डायमन्ड एकेडेमीले चौथो नवआदर्श कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। पोखरा लामाचौरमा सुरु प्रतियोगितामा सोमबार डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५–२०, २१–२५, २५–१२, २५–२२ ले हराएको छ।वुमन अफ द म्याचप्रतिभाले आर्मीलाई हराउनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। 'हामीले आफ्नो क्षमताअनुरुप खेल्न सकेनौं। तर, नतिजा सुखद आयो। आर्मी बलियो टोली हो। यो जितले अन्य विभागीय टोलीलाई हराउन हौसला थप्नेछ,' उनले भनिन्।




प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको डायमन्डले प्रतियोगितामा लगातार दुईपल्ट उपाधि जितिसकेको छ।

दुवैपल्ट उपाधि जित्दा डायमन्डले एपिएफलाई नै फाइनलमा हराएको थियो। विगतमा डायमन्डबाट खेल्ने मुख्य स्पाइकर एवं कप्तान रमिला तण्डुकार र मनीषा तामाङ आर्मीसँग आबद्ध छन्।

त्यस्तै महिला भलिबलका अनुभवी प्रशिक्षक कपिलकिशोर श्रेष्ठ यो वर्षदेखि आर्मी क्लब सम्हाल्न पुगेका छन्। उनको डेब्यु हारबाट सुरु भएको छ। 'सुरुआती खेल राम्रो भएन। तर, यसबाट हामीले पाठ सिक्नुपर्छ। हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो। टिममा धेरै नयाँ खेलाडी छन्। उनीहरू विस्तारै टिममा सेट हँुदैछन्। आगामी खेलमा सुधारिएको प्रदर्शन गर्छों ', प्रशिक्षक श्रेष्ठले भने, 'यो प्रतियोगिता हाम्रा लागि महŒवपूर्ण छ। यसले हाम्रो टोलीले भविष्यमा कति सुधार गर्नुपर्छ। कमजोरी थाहा हुन्छ। आज मुख्य स्पाइकर रमिलाले स्वााभाविक खेल खेल्न सकिनन्। सिनियर खेलाडीले स्तरअनुसार खेल्न नसके जित्न अप्ठेरो हुन्छ।'

स्पाइकिङ कमजोर हँुदा काउन्टर एट्याकमा आफ्नो टोली कमजोर देखिएको श्रेष्ठले बताए।

आर्मीले मंगलबार एपिएफसँग खेल्दैछ। श्रेष्ठ पछि एपिएफटोलीलाई ज्ञानेन्द्र विष्टले प्रशिक्षण गराइरहेका छन्।

डायमन्डका प्रशिक्षक राईले विपक्षीले सोचेअनुसार राम्रो खेल्न नसकेको बताए। उनले भने, 'हामीलाई हरेक पहिलो खेल जित्न अप्ठेरो हुन्छ। तर, आर्मीले सोचेअनुरुप खेल्न सकेन। डिफेन्स बलियो भएकाले खेल जित्न सहज भयो।'

उनलेआफूहरूको लक्ष्य उपाधि जित्ने बताए।आर्मीसँग दोस्रो रोजाइकी स्पाइकर पनमिका राईले धेरै नेगेटिभ अंक दिइन्। अरु खेलमा त्यसलाई सुधार गर्नुपर्ने राईले बताए।

डायमन्डले अब पश्चिमाञ्चलसँग खेल्ने छ । सोमबारै एपिएफसँगपश्चिमाञ्चल २५–१९, २५–१७, २५– १६को सोझो सेटमा हार्यो । खेलमा रेश्मा भण्डारी वुमन अफ द म्याच भइन्। अर्को खेलमा एपिएफले रुपन्देहीलाई सोझो सेटमा २५–३, २५–१०, २५–९ ले पराजित गर्योए। सरस्वती चौधरी वुमन अफ द म्याचभइन्।

नवज्योति युवा क्लबले तीजको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनल भदौ ३० मा हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस