नेकपा माओवादीका नेता प्रकास दाहालको स्मृतीमा आयोजना भएको प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० आज बुधबारबाट सुरु भएको छ।
स्पोर्टस् हव नेपाल प्रा।लि।को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी घिसिङ्गले परिवर्तनका संवाहक प्रकास दाहालको स्मृतीमा प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए। ब्याडमिन्टन आम नागरिक र सवै समूहको साझा खेल भएको भन्दै ब्याडमिन्टनको जग सवैतिर फिजिएको बताए। उनले ब्याडमिन्टन खेलको विकासका लागि ब्यावसायीक लिग प्रतियोगिताको आवश्यकता रहेको औल्याए।
हवका संचालक अश्मेल (अखिल)शाहीको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी पूर्व मन्त्री एवं नेकपा माओवादीकी नेतृ विना मगरले परिवर्तनको संवाहक प्रकास दाहाललाई ब्याडमिन्टन संग जोडेकोमा आयोजकलाई धन्यवाद दिंदै यस प्रतियोगिताले निरन्तरता प्राप्त गर्न सफल होस् भन्दै प्रतियोगिताको सफलताको शुभकामना प्रदान गरिन्।