स्केट खेलप्रतिको दृष्टिमा परिवर्तन
२६ पौष २०८०
•
७ मिनेट पाठ
स्केट खेलप्रतिको दृष्टिमा परिवर्तन
तिलोत्तमा ४ स्थित डिंगनगरका रामकृष्ण परियार हिजोआज स्केट खेलप्रति आकर्षित हुन थालेका छन्। पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो। छोराले स्केट खेलमै प्रगति गर्न थालेपछि उनी यस खेलप्रति आकर्षित भएका हुन्।




रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा आयोजना गरिएको ‘पाँचौं दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा’ हेर्न आएका रामकृष्ण भन्छन्, ‘हिजोआज त मलाई पनि खेल मन पर्न थालेको छ, म बुढो मान्छेलाई खेल्न त आउँदैन तर छोराले खेलेको देखेर खुसी लाग्छ, हामी बूढाबूढी छोराको स्केट खेल हेर्न तीन दिनदेखि दैनिक आउने गरेका छौं।’

आफ्नो छोराले राम्रो खेलेको देखेर रामकृष्णकी पत्नी अर्जनालाई पनि यो खेल राम्रो लाग्न थालेको छ। ‘सुरुमा त छोराले घरमै स्केट बोर्ड लिएर आउँदा अब छोरो बिग्रने भयो, गलत बाटोमा लाग्ने भयो भन्ने चिन्ता लागेको थियो, यो खेलका बारेमा बुझेपछि विस्तारै हामीलाई पनि मज्जा लाग्दै गयो, अहिले छोराले राम्रो खेलेको देख्दा रमाइलो लाग्छ’, अर्चनाले भने।

तिलोत्तमा ४ स्थित ड्राइभरटोलका अमर विकलाई पनि आफ्नो छोराले स्केट खेलमा प्रगति गरेको देख्दा खुसी लाग्छ। १९ वर्षीय छोरा सुनिलले स्केट खेलबाटै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितिसकेका छन्। उनी स्केट खेलका लागि भारत र थाइल्यान्डसमेत पुगेका छन्। ‘हामीलाई छोराले यही स्केट खेलमै राम्रो गर्न सक्छ भन्ने लागेको छ’, विकले भने।

ड्राइभरटोलकै बाबु रामबहादुर कामु र आमा प्रेमकुमारी कामुका १५ वर्षीय छोरा यमबहादुर कामुले पनि जात्रामा आयोजना गरिएको प्रतियोगितामा भाग लिएका थिए। छोराले प्रतियोगितामा भाग लिएको देख्दा बाबु रामबहादुर र आमा प्रेमकुमारी दंग थिए।

यो स्केट खेल पनि अरू फुटबल, भलिबलजस्तै खेलिने खेल रहेछ भन्ने लागेको छ उनीहरूलाई। अर्का खेलाडी खुसी विकेका बाबु मधु विके पनि स्केट जात्रा हेर्न लगातार तीन दिनदेखि उपस्थित भएका छन्।

जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता थियो। युवादेखि बयस्क र वृद्धवृद्धाले समेत चासोका साथ जात्राबाट मनोरञ्जन लिएका थिए। जात्रामा सहभागी रमेश रानाभाटले भने, ‘आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन, निकै रमाइलो लाग्यो। अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ, यस्को संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ।’

हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ। ‘हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिँदैनथे, अभिभावकले पनि नकारात्मक रुपमा लिने गरेका थिए, तर आजको दिनमा विस्तारै सबैलाई बुझाउन सकिएको छ’, उनले भने।

पछिल्लो समयमा नेपाली स्केट खेलाडी भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन्। कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन्। विस्तारै नेपालमा स्केट खेल हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ।

स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडी जापान, दुबई, थाइल्यान्ड, भारत र इन्डोनेसियालगायतका मुलुकमा पुगिसकेका छन्। सन् २०१६ मा थाइल्यान्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी भएका थिए।

पहाडीले भने, ‘हिजोका दिनमा हामीले सातदोबोटो सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेका छौं, पछिल्लो जात्रामा भाग लिन भारतलगायतका देशबाट लामो यात्रा गरेर पनि खेलाडी आएका थिए।’

स्केट–एड नेपालले स्केट खेलको सकारात्मक प्रभावका लागि विभिन्न विद्यालय र क्याम्पसमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। स्कुल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवा रुचिको खेल स्केट बन्दै गएको छ।

संस्थाले सचेतनाका साथसाथै स्केट खेलसम्बन्धी सामग्री पनि हस्तान्तरण गर्दै आएको छ। सुरुको चरणमा नेपालमा स्केट खेल शून्य मात्रामा थियो भने हिजोआज स्केट खेल खेल्ने खेलाडी संख्यामा पनि वृद्धि भएको छ। स्केट पनि एउटा खेल हो भन्ने धेरैको बुझाइ भएको छ। 

पहिला स्केट भन्नेबित्तिकै दुव्र्यसनमा लागेका मानिसले खेल्ने खेल हो भनेर चिन्ने गरिन्थ्यो भने अहिले सोचाइमा परिवर्तन आएको छ। यो पनि भलिबल, फुटबलजस्तै एउटा खेल हो भन्ने चेतनाको विकास भएको छ।

विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरूमा जस्तै स्केट खेलमा पनि पछिल्लोपटक युवा आकर्षण बढ्दै गएको हो। खासगरी अमेरिका, अस्टे«लियालगायत युरोपियन देशमा साहसिक खेलका रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवा पनि सक्रिय बन्दै गएका छन्। सन् १९६० तिर अमेरिकाको एक सहरमा स्केट बोर्डलाई साधनका रुपमा लिने गरिएको पाइन्छ। त्यसपछि युरोपियन हुँदै विश्वका अन्य देशमा विकास भएको पाइन्छ।

स्केट खेलको इतिहास हेर्ने हो भने सुरुसुरुमा विदेश नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ। नेपालमा पहिले धनी परिवारका छोराछोरीले विदेशबाट ल्याएर खेल्ने गरे पनि त्यसको व्यवस्थापन हुन सकेको थिएन।

सन् २०११ मा स्केट खेलाडीको एउटा सूमह बन्यो। यसले यो खेललाई व्यवस्थित बनाउन कोसिस ग¥यो। पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न संघसंस्थाले स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ। अहिले नेपालभरि करिब एक हजार स्केट खेलाडी सक्रिय रहेका छन्।

स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७१ सालमा नेपाल स्केटिङ तथा स्केट बोडिङ संघसमेत गठन गरेको छ। युवा फर चेन्ज संस्थाले बुटवलमा स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गरेको छ।

स्वदेशी एंम विदेशी खेलप्रेमी, उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी, सञ्चार तथा कलाकर्मीको समेत सहयोग र सद्भावमा आर्थिक संकलन गरी बुद्ध जन्मस्थल पवित्र भूमि लुम्बिनीस्थित रुपन्देहीको तिलोत्तमा ४ मा ‘इनडोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण प्रारम्भ गरिएको हो।

पार्कमा सबै वर्गका खेलप्रेमी युवायुवतीलाई समान अवसर सिर्जना गर्ने गरी प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालयसमेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ। स्केट पार्क फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रमा लागेका र अन्य सहयोगीको सक्रियतामा निर्माण गरिएको हो।

स्थानीय उत्पादन प्रवद्र्धनका साथै बालबालिका र युवा वर्गलाई लक्षित गरी यसपटक स्केट जात्राको आयोजना गरिएको हो। रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा यही पुस ५ देखि ७ सम्म आयोजना गरिएको जात्रामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका तीन सय खेलाडीको सहभागिता थियो। जात्रामा स्केटिङ प्रतियोगिताका साथै विभिन्न स्टलसमेत राखिएको थियो। आगामी वर्षको छैटौं संस्करण भारतमा गरिने भएको छ। पहिलो संस्करण काठमाडौं हुँदै पाल्पा, र तेस्रो, चौंथो र पाँचौं रुपन्देहीमै आयोजना गरिएको थियो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले आफू विभिन्न देशमा जाने क्रममा त्यहाँ स्केट र स्केटिङका बारेमा जान्ने र बुझ्ने मौका पाएको र नेपालमा पनि त्यसको विकास गर्नुपर्नेमा जोड दिए। ‘ओलम्पिकमा गइसकेको खेल भएका कारण पनि स्केट खेललाई नेपालमा मात्रै नभएर दक्षिण एसियामै प्रवद्र्धन गर्नुपर्छ, जापान र युरोपियन मुलुकमा राम्रो प्रवद्र्धन भइरहेको छ’, उनले भने।

नयाँ संविधान कार्यान्वयनसँगै नेपाललाई समृद्ध नेपाल बनाउने भनिएको छ। समृद्ध नेपाल निर्माण हुँदै गर्दा नेपालको खेलकुद क्षेत्रको विकासलाई पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ। लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव गोविन्द भट्टराईले स्केट र स्केटिङको विकासनिम्ति स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारले उत्तिकै चासोका साथ प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताए।

सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेललाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विश्वका अन्य मुलुकमा स्केट खेलको विकाससँगै खेलाडी उत्साहका साथ अगाडि बढिरहेको सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ। –रासस
अर्को समाचार
आज देखि थाई खाना महोत्सव शुरु
०८ वैशाख २०८०
•
१ मिनेट पाठ
आज देखि थाई खाना महोत्सव शुरु
काठमाडौको सोल्टी होटलमा आज देखि थाई खाना महोत्सव शुरु भएको छ।  




होटल सोल्टीमा अप्रिल २१ देखि ३० अप्रिलसम्म हुने खाना महोत्सवमा  थाइल्यान्डको सुगन्धित र विविध परिकारहरू  राखिएको आयोजकले जनाएका छन्।

थाई खाना महोत्सवमा विहान र बेलुकाको खानाको परिकारहरु राखिएका छन्।विहानको  खाना अपरान्ह १२: ३० देखि दिउँसो ३ बजे सम्म चल्नेछ । विहानको खानाका लागि प्रतिव्यक्ति १८०० रुपैया तिर्नु पर्ने छ।त्यसैगरी बेलुकाको खाना  बेलुका ७ बजे देखि राती  १० :४५ बजे सम्म हुनेछ।बेलुकाको खाना लागि परिकार अनुसार रकम तिर्नु पर्नेछ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस