विपिन खत्रीको यादगार प्रदर्शनमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशमाथि रबाफिलो जित निकालेको छ ।
आज मूल पानी क्रिकेट मैदानमा विपिन ब्याटिङ र बलिङ दुवैमा चम्केपछि कोसीले लज्जापूर्ण हार बेहोर्यो । विपिनले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे । खराब ब्याटिङ गरेको गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोसी १५दशमलब ओभरमा २५ रनमै समेटिन पुग्यो । यससँगै कोसीले जारी प्रतियोगितामा छैटौँ हार सामना गर्नुप¥यो । कोसीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अंकित सुबेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।
उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे । त्यसबाहेक कुनै पनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन् । गण्डकीको बलिङसामु कोसी निरिह बन्यो । विपिनले सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए । सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विकेट लिएर विपिनलाई साथ दिएपछि कोसीको इनिङ धराशयी बन्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि सुरुआत निकै खराब रह्यो । गण्डकी ४८दशमलब २ ओभरमा एक सय ६७ रनमै अलआउट भयो । मुस्कान थापाबाहेक शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यससँगै गण्डकी २१.६ ओभरमा ७३÷६ को अवस्थामा पुग्यो । तर, मुस्कान र विपिनले इनिङ समाले । मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विपिनले ४२ रन जोड्दै इनिङ उकासे । उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । कमल परियारले १३ रन जोडे । त्यसबाहेक गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो । कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए ।
फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो । तर, ब्याटिङमा भने कोसीले राम्रो गर्न सकेन र छैटौँ हार सामना ग¥यो । गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो ।
०७ माघ २०८०
•
२ मिनेट पाठ