थ्रीस्टार क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको हो।
थ्रीस्टारका लागि वैकल्पिक खेलाडी दीपेश घलेले निर्णायक गोल गरे। ६६ औं मिनेटमा आदित्य शाक्यको ठाउँमा मैदान प्रवेश गरेका दीपेशले खेलको ७८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई विजयी बनाए। उनले दीपेश आलेले दिएको पासलाई खेर नफाली जाली चुमाएका थिए।
जितसँगै थ्रीस्टार आठौं पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ। यसअघि सात पटक फाइनलमा पुगेको थ्रीस्टारले पाँच पटक उपाधि जितिसकेको छ। चौथो पटक सहभागिता जनाएको जाउलाखेल भने सेमिफाइनलबाटै घर फर्किएको छ।
सुरुवातदेखि आक्रामक रणनीति अप्नाएको थ्रीस्टारले गोलकालागि भने निकै सङ्घर्ष गर्यो। जाउलाखेलविरुद्ध एकपछि अर्को आक्रमण बुनेको थ्रीस्टारले ८, १०, ३१, ३४ र ५२ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो।
खेलको आठौं मिनेटमै थ्रीस्टारले गोल गर्न पाएपनि सदुपयोग गर्न सकेन। डी–बक्स भित्र थ्रीस्टारका आशिष् चापागाईंले गोल गर्ने अवसर पाएका थिए तर प्रहार गर्न ढिलाइ गर्दा विपक्षी डिफेन्डरले क्लियर गरिदिए।
लगत्तै १० औं मिनेटमा दीपेश आले मगरले हानेको प्रहार पनि पोष्ट भन्दा माथिबाट बाहिरियो। ३१ औं मिनेटमा पेनाल्टी एरियामा नै आशिषले पाएको अवसर खेर फाले। उनले हानेको प्रहार फ्रेममा परेन। ३४ औं मिनेटमा दीपेश आले मगरको क्रसमा आशिष् चापागाईंले बल नियन्त्रणमा लिएर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
दोस्रो हाफको सुरुवातमा थप आक्रामक बनेको थ्रीस्टारले ५२ औं मिनेटमा पेनाल्टी एरिया नजिकै पाएको फ्रि किकलाई सदुपयोग गर्न सकेन। आशिष् चापागाईंले गरेको फ्रि किक प्रहारले गोलपोष्टको दिशा लिन सकेन।
एक गोलको अग्रता बनाएपछि भने थ्रीस्टार रक्षात्मक बन्यो। जाउलाखेललाई गोल गर्नबाट रोक्ने रणनीति अप्नाएको थ्रीस्टार त्यसमा सफल हुँदै विजयी भयो।
पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको जाउलाखेलले पनि गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपर्यो। खेलको २३, २९, ३८, ५६ र ७८ औं मिनेटमा जाउलाखेलले गोलको अवसर सिर्जना गरेको थियो।
खेलको तेईसौं मिनेटमा सुनिल खड्काले गरेको कडा प्रहार गोल पोष्टभन्दा माथिबाट बाहिरियो। २५ औं मिनेटमा हिसुब थपलियाले गरेको कर्नर प्रहार विपक्षी गोलरक्षकले मुश्किलले पञ्च गरेर बचाए। ३८ औं मिनेटमा हिसुबको क्रसमा सुनिल खड्काको प्रहार फितलो हुँदा बलले जाली चुम्न पाएन। फ्रेममा परेपनि फितलो हुँदा थ्रीस्टारका गोल रक्षक अभिषेक बरालले सजिलै नियन्त्रणमा लिए।
५६ औं मिनेटमा विशाल तामाङले पेनाल्टी एरियामा दिएको क्रसमा हिसुबले नियन्त्रणमा लिन नसक्दा अवसर गुम्यो। ७८ औं मिनेटमा हिसुबले गरेको प्रहार विपक्षी गोलकिपरसँग ठोक्किँदै रिबाउण्ड भएर आएको बललाई प्रदीप बुढाथोकीले पुनः प्रहार गरेपनि फ्रेममा परेन।
एक गोलले पछि परेपछि रणनीति बदलेर आक्रामक बनेको जाउलाखेलले एकपछि अर्को आक्रमण बुन्यो। उसले ८५ औं र ९० औं मिनेटमा गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन। दुवै प्रहारमा विपक्षी गोलरक्षक अभिषेक बराल बाधक बने।
बुधबारको विजेता थ्रीस्टारले अब चर्चब्वाईज युनाइटेड क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी बिचको विजेतासँग शनिबार खेल्नेछ। चर्चब्वाईज र त्रिभुवन आर्मीबिच बिहीबार दिउँसो प्रतिष्पर्धा हुनेछ।