नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो। आर्मीले अब उपाधिका लागि थ्रीस्टार क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार यसअघि नै फाइनलमा पुगिसकेको छ।
बिहीबारको खेलमा त्रिभुवन आर्मीलाई जिताउन दीनेश हेम्जन र वसन्त जिम्बाले गोल गरे। चर्च ब्वाईजका लागि समीर तामाङले सान्त्वना गोल गरे।
प्रतिस्पर्धात्मक खेलको ६१ औँ मिनेटमा दीनेश हेम्जनले गोलको खडेरी तोड्दै आर्मीलाई अग्रता दिलाए। सुरुदेखि नै आक्रामक खेलेर चर्च ब्वाईजलाई दबाबमा राखेको आर्मीका लागि हेम्जनले फ्रि–किकमार्फत गोल गरेका हुन्। आर्मीका सन्तोष खत्रीलाई विपक्षी खेलाडीले लडाएपछि आर्मीले फ्रि–किक पाएको थियो। मैदानको बायाँ साइडबाट हेम्जनले फष्र्टबार च्यापेर हानेको ग्राउण्ड सट फ्रि–किक विपक्षी गोलकिपर सन्तोष महतले मेसो नपाउँदा बलले सिधै जाली चुमेको थियो।
सुरुदेखि रक्षात्मक रणनीति अप्नाएर काउण्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा रहेको चर्च ब्वाईज एक गोलले पछि परेपछि भने खेल रणनीति परिवर्तन गरेर आक्रामक बन्यो। जसको प्रतिफल खेलको ८५ औँ मिनेटमा चर्च ब्वाईज बराबरी गोल गर्न सफल भयो। मैदानको मध्य भागबाट साथीले मिलाई दिएको लामो पासलाई नियन्त्रणमा लिँदै समीर तामाङले गोलकिपरलाई छक्याएर गोलमा परिणत गरे।
बराबरीपछि आर्मी पुनः आक्रामक बन्दा चर्च ब्वाईज रक्षात्मक बन्न बाध्य भयो। फलस्वरुप निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। तर खेलको ९९ औँ मिनेटमा आर्मीका रसबहादुर मगरले गोल थप्दै आर्मीलाई फाइनलमा पु¥याए। वसन्त जिम्बाको क्रसमा रसबहादुरले फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो।
फेरी एक गोलले पछि परेपछि चर्च ब्वाईज आक्रामक बन्यो। निरन्तर आक्रमण बुनेपनि गोल गर्न असफल भएपछि चर्च ब्वाईज सेमिफाइनलबाटै प्रतियोगिताबाट बाहिरिएको छ।