आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?
१९ माघ २०८०
•
३ मिनेट पाठ
आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?
प्रि–म्याच कन्फरेन्सपछि थ्रीस्टार र त्रिभूवन आर्मीका प्रशिक्षक र कप्तान ट्रफी उचाल्दै । तस्बिरः उमेश पुन
पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ। 
करिब १५ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको फाइनलमा उपाधि भिडन्तमा जसले राम्रो खेल्छ उसैलाई दर्शकको साथ र समर्थन रहन्छ। दर्शक बाह्रौ खेलाडी मानिने भएकाले त्यसले खेलाडीको मनोबल उकास्न सघाउँने खेलप्रेमीको भनाई छ।




थ्रीस्टारले सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको थियो। यसले यसअघि प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लव पोखरालाई २–१ र क्वाटरफाइनलमा भुटानको पारो एफसीलाई २–० ले हराएको थियो।

अर्काे दावेदार त्रिभुवन आर्मीले भने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लवलाई २–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। आर्मीले यसअघि प्रि–क्वाटरफाइनलमा मोफसलको नवलपुर राईजिङ क्लवलाई १–० र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पीयन संकटा क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

थ्रीस्टार आहाराराको पाँचपटकको उपाधि बिजेता टिम हो। पुलिस र मनाङले समान ६ पटक आहाराराको उपाधि हात पारेका थिए। तर, अहिले पुलिस र मनाङ फाइनल खेल्नबाट रोकिइसकेका छन। पुलिस र मनाङ पछि सर्वाधिक उपाधि जित्नेमा थ्रीस्टार दर्ज छ। त्यसैले थ्रीस्टारलाई आहारारा पोखरा गोल्डकपमा भाग्यमानी टिम मानिन्छ। तर त्यहि भाग्यमानी टिमबिरुद्ध भिड्ने त्रिभुवन आर्मी भने अघिल्लो पटकसम्मको अभागी टिम मानिन्छ। निरन्तर सहभागि हुँदै आएको आर्मी चारपटक फाइनल पुगेपनि उपाधि जित्न नसकेको अभागी टिम हो।

त्यसैले आर्मी यसपटक जसरी पनि उपाधि जित्ने दाउमा छ। यसपटक राम्रो तयारी भएकाले उपाधि जित्नेमा आर्मीका कप्तान भरत खवास विश्वस्त छन्। ‘अहिलेसम्म उपाधि जित्न नसक्नु आर्मीको दुर्भाग्य हो,’ शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘तर यसपटक तयारी राम्रो छ। हामी उपाधि जित्नेमा विश्वस्त छौं।’

कप्तानमात्र होईन, प्रशिक्षक पनि यसपटक उपाधि जित्नेमा ढुक्क छन्। प्रशिक्षक मेघराज केसीले युवा खेलाडी रहेको र उनीहरुले उपाधि जित्नेमा आफु ढुक्क रहेको बताए। आफ्नो पूर्व क्लव थ्रीस्टारबिरुद्ध उपाधि भिडन्तमा रहेका उनले भने,‘म पूर्व क्लवबिरुद्ध भिड्न तयार छु। हामी उपाधि जित्नका लागि आएका हौं र जित्न सक्षमपनि छौं।’

पाँचपटक उपाधि जितेको थ्रीस्टार पनि उपाधिको जित संख्या थपेर नेपाल पुलिस क्लवको बराबरी गर्ने योजनामा छ। प्रशिक्षक र कप्तान पूर्व मेट भएकाले पनि यसपटक संयोजन मिल्दा उपाधि जित्न सजिलो हुने उनीहरुको विश्वास छ। कप्तान विराज महर्जनले भने, ‘पूर्व मेट नै अहिलेको प्रशिक्षक भएकाले टिममा सहज वातावरण छ। यसैले खेल जित्न सहज हुने विश्वास छ।’ उनले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए।

प्रशिक्षक विक्रम लामाले आहारारा पोखरा गोल्डकप जितेर उपाधि यात्रा शुरु गर्ने योजनामा आफू रहेको बताए। उनले यो उपाधि भिडन्त आफ्नो लागि अवसर र चुनौति दुबै भएको बताउँदै भने, ‘यो उपाधि जितेर म प्रशिक्षण करियरमा उपाधि यात्रा शुरु गर्नेछु।’ तर उनको यो उपाधि यात्रामा उनकै पूर्व गुरु मेघराज केसी बाधक बन्न सक्छन्। त्यसैले उनले उपाधि जित्नका लागि आफ्नै गुरुको योजना विफल पार्नुपर्ने हुन्छ। ‘त्यसका लागि म तयार छु’–उनले भने ।
अर्को समाचार
आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा
१५ माघ २०८०
•
२ मिनेट पाठ
आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा
बल नियन्त्रणमा लिने प्रयासमा खेलाडीहरु । तस्बिरः उमेश पुन
आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौधरीले रोक्दा जावलाखेलले सेमिफाइनल यात्रा पक्का गरेको हो।  




त्यसअघि अन्तिम एकमिनेट अग्रता जोगाउन नसक्दा जावलाखेलले विजयी हुनका लागि टाइब्रेकरसम्म दवाव खेप्नुपरेको थियो। पहिलो हाफमा दुवै टिम गोलविहीन बनेका थिए। तर, खेलको ५५ मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गरेर मनाङ विरुद्ध अग्रता लिएका थिए। सुदिप श्रेष्ठले दिएको पासमा थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यो बेला  मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन्।  

१–० ले पछाडि परेपछि मनाङ जावलाखेल विरुद्ध झनै आक्रामक खेलेको थियो। तर, जावलाखेलसँग बराबरी हुनका लागि खेलको अन्तिम मिनेटसम्मै मनाङले मेहनत गर्नुप¥यो। खेलको ८९ औं मिनेटमा बल्ल मनाङका राजेश परियारले गोल गरेर टिमलाई बराबरीमा पु¥याए। मनाङले ८९ औं मिनेटमा गोल गरेपछि निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएको थियो। अन्तिम एक मिनेट थामिन नसक्दा जावलाखेल विजयी सुनिश्चित गर्न असफल भएको थियो।  

निर्धारित समयमा १–१ ले बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। आधाघण्टा थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले निकै नै प्रतिश्पर्धा गरे। पाएका केही अवसर पनि दुवै टिमले गुमाए  । तर अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।  
पहिलो पेनाल्टीलाई जावलाखेल विशाल तामाङले गोलमा परिणत गरेका थिए। त्यसलगत्तै मनाङका जय गुरुङले पनि पोनाल्टीलाई गोल गरेर बराबरी बनाए। जावलाखेलका पुस्कर खड्काले गोल गरेकोमा मनाङका अशोक खवासले बराबरी तुल्याए। त्यसपछि जावलाखेलका छिरिङ लामाले गोल गरे। तर मनाङका निशान लिम्बुको प्रहार भने मिस भयो। लिम्बुको प्रहार जावलाखेलका किपर उनेश चौधरीले बचाए।  

त्यसपछि जावलाखेलका प्रवेश कुँवरले गोल गरेका थिए। मनाङका सुदीप श्रेष्ठको पनि गोल भयो। श्रेष्ठको प्रहार पोष्टमा लागेपनि गोलमा बदलियो। तर, जावलाखेलका हिसुब थपलियाको भने मिस भयो। हिसुबको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। मनाङका अश्विन घोरसैनीले गोल गरे। पहिलो पाँच पेनाल्टीमा दुवै टिमले ४ गोल गरे भने १ मिस गरेका थिए। त्यसपछि जावलाखेलका सेवान्त थापाको प्रहार मनाङका किपर जियारथ शेखले बचाए। लगत्तै मनाङका सुरज सिंहको प्रहार पनि जवालाखेलका किपर चौधरीले बचाए।

जावलाखेलका हरिशराज भट्टले गोल गरे। लगत्तै मनाङका लक्षु थापामगरले गोल गर्दा ७–७ पेनाल्टीमा ५–५ गोल भएको थियो। त्यसपछि जावलाखेलका शिशिर लेखीले गोल गरेका थिए भने मनाङका किपर जियारथ आफैँ पेनाल्टी हान्दै ६–६ को बराबरीका पुर्याएका थिए। जावलाखेलका प्रदीप बुढाथोकीले गोल गरेर। तर मनाङका रणदिप पौडेलको प्रहारलाई भने जावलाखेलका उनेशले रोक्दा जावलाखेलले ७–६ ले अगाडि रहदै टिमलाई सेमिफाइनलमा पुर्याए। 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस