पोखरामा सम्पन्न २३ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पन्छाउँदै आर्मीले उपाधि जितेको हो। यसअघि चार पटक फाइनल पुगेर पनि उपाधिविहीन आर्मीले पाँचौ पटकको प्रयासमा उपाधिको खडेरी तोड्न सफल भएको छ।
१५ पटक सहभागिता जनाएको आर्मी २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन। आर्मीलाई पहिलो उपाधि दिलाउनका लागि फाइनल भिडन्तमा कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे।
सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले ३८ औं मिनेटमा गोल गर्दै अग्रता लियो। अनमार्कमा रहेका जिलेस्पीले सिद्धान्त चौधरीले मैदानको दायाँ साइडबाट हानेको कर्नरमा हेडर गोल गोल गरेका हुन्।
गोल खाएपछि थ्रीस्टार थप आक्रामक बन्यो। गोल फर्काउन प्रयासरत थ्रीस्टारका खेलाडीहरु अगाडि बढेर खेले। जसको फाइदा उठाउँदै आर्मीले अग्रता दोब्बर पार्यो। अग्रता जोगाउन रक्षात्मक बनेको आर्मीले काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति अपनाउँदा सफलता मिलेको हो।
खेलको ८३ औं मिनेटमा फत्तेमान घलेले पाएको अवसरलाई खेर नफाली जाली चुमाए। उनले मैदानको दायाँ साइडबाट साथीले दिएको क्रसमा उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन्।
तेस्रो गोल भने थ्रीस्टारको कमजोरीको फाइदा उठाउँदै आर्मीका वसन्त जिम्बाले गोल गरेका हुन्। विपक्षी खेलाडीबीच तालमेल नमिलेको मौका छोपेर निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको ५ मिनेटको ईञ्जुरी समयको चौथो मिनेटमा विपक्षी खेलाडीको खुट्टाबाट बल खोसेर अगाडि बढाएका उनले विपक्षी गोलकिपर अभिषेक बराललाई छलाउँदै गोल गरे।
जितसँगै उपाधि विजेता त्रिभुवन आर्मी क्लबले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-विजेता थ्रीस्टारले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा आर्मीका विमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै इलेक्ट्रिक स्कुटर जित्न सफल भए। त्यस्तै, सर्वाधिक गोलकर्तामा ३ गोल गरेका आर्मीका दीनेश हेमजन, उत्कृष्ट गोलरक्षकमा आर्मीकै समित श्रेष्ठ, उत्कृष्ट डिफेन्डरमा आर्मीका विमल पाण्डे, स्ट्राइकरमा आर्मीकै जिलेस्पीजंग कार्की, उत्कृष्ट प्रशिक्षकमा आर्मीकै मेघराज केसी, उत्कृष्ट मिडफिल्डरमा थ्रीस्टारका विवेक पौडेल, पब्लिक च्वाईसमा आर्मीका कप्तान भरत खवास र थ्रीस्टारका गोल रक्षक अभिषेक बराल घोषित भए। त्यस्तै, अनुशासित टिममा जाउलाखेल युथ क्लब घोषित हुँदै पुरस्कृत भएको छ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित त्रिभुवन आर्मीका विमल पाण्डे स्कुटरसहित । तस्बिर: उमेश पुन/नागरिकविजेताहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक द्वय प्रकाश केसी र किरण केसीलगायतले पुरस्कार वितरण गरेका थिए।
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।
एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो।
खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकीरश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकीरश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफकाजिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...