काठमाडौं – शिवम् न्यु डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब बुधबार पाँचौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
हलचोकस्थित एपिएफको कोर्टमा समूहचरणका अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लब नेपाल पुलिससँग तथा जावालाखेल न्यु डायमन्डसँग पराजित भएपछि अन्तिम चार पुग्ने टोलीको टुङ्गो लागेको हो।
बुधबार सम्पन्न समूहचरणका अन्तिम खेलपछि आर्मी दुई खेलमध्ये एकमा जित र एकमा पराजित हुँदै समूह ‘क’ को उपविजेताको रूपमा प्रवेश गरेको हो।
यसअघि आयोजक एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस र ढोरपाटनलाई पराजित गर्दै समूह ‘ख’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
समूहचरणको अन्तिम खेलमा पराजित गर्ने क्रममा न्यु डायमन्ड एकेडेमीले जावलाखेल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘क’ को विजेता बन्यो।
कृपा अधिकारी वुमन अफ द म्याच बनेको खेलमा डायमन्डले जावलाखेललाई २५–१, २५–३, २५–१० को सेटमा हराएको थियो।
बुधबारै सम्पन्न दोस्रो क्वार्टरफाइनलको खेलमा पनि विभागीय टोली नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० कै सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । कामन विष्ट वुमन अफ द म्याच भएको खेलमा पुलिसले ढोरपाटनलाई २५–९, २५–३, २५–१९ को अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा बिहीबार न्यु डायमन्ड र विभागीय टोली नेपाल पुलिस तथा आयोजक एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशलाई भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ।