काठमाडौं – पपुवा न्युगिनी(पिएनजी)माथि ६ विकेटको प्रभावशाली विजय हालिस गरेको दिन बिहीबार अर्को खेलमा हङकङ नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउने सपना पूरा गरेको छ।
जिम्बाब्वेमा जारी विश्वकप छनोटको सुपर सिक्स पुग्न असफल भएपछि नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि बिहीबार पिएनजीमाथि जित्नु पर्ने थियो । आफ्नो जितमात्र नेपालका लागि पर्याप्त थिएन । साथमा हङकङ पनि नेदरल्यान्ड्ससँग पराजित हुनुपथ्र्यो । बिहीबार नेपाली क्रिकेटका लागि एतिहासिक दिन बन्यो । हरारेमा नेपालले सोचेअनुरुपकै नतिजा निकाल्दा नेदरल्यान्डले पनि हङकङलाई हराइदियो । नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पायो ।
‘विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानका लागि हुने प्लेअफमा नेदरल्यान्डसँगको भेट पक्का भएपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपाललाई बधाई ।,’अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले ट्विटरमा लेखेको छ।
टस जितेर फिल्डिङ रोजेपछि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको ४÷४ विकेट प्रेरणामा पिएनजीलाई २७.२ ओभरमा १ सय १४ रनमा रोकेको नेपालले २३ ओभरमा विजयी लक्ष्य भेट्टायो । आफ्नो जितलेमात्र नपुग्ने अवस्थामा नेदरल्यान्डको जित नेपालको भाग्यसँग जोडिएको थियो । तर, यसअघि नै एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएसकेका कारण नेदरल्यान्ड्स आफ्नै लागि भने हङकङविरुद्धको खेल अर्थहिन थियो । त्यसैले युरोपेली टोलीले दोस्रो रोजाईका खेलाडीलाई मौका दिँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको खुसी मनाउन बिहीबार साँझ अवेरसम्म प्रतिक्षा गर्नुप¥यो।
म्याक्स ओ’डोवदको अर्धशतकप्रेरित नेदरल्यान्डले क्विकवे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । १ सय ७५ रनको लक्ष्य पछ्याएको हङकङले ४३ ओभरमा १ सय ३० रन जोड्दा सबै विकेट गुमाएपछि नेपाल भाग्यमानी रह्यो ।
यु–१९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा लेग स्पिनर सन्दीप लामिछानेको बलिङले साथ दिएपछि नेपालले प्रतियोगिताको पहिलो प्लेअफमा पपुवा न्युगिनीमाथि सहज विजय हात पा¥यो । १ सय ६२ बलअघि पाएको सफलतासँगै नेदरल्यान्ड्सले हङकङलाई हराइदिएपछि नेपालले एक दिवसीय मान्यता पाएको छ।
‘बर्षै सम्मको कठिन परिश्रम, दृढता, त्याग र प्रतिबद्धतापछि अन्तत एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइएको छ । यो अविश्सनीय यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद र बधाई ।,’ नेपालका कप्तान पारसले ट्विटरमा लेखेका छन् ।
गर या मर अवस्थाको खेलमा नेपालका कप्तान पारस खड्काले टस जितेर पिएनजीलाई ब्याटिङको निम्तो दिए । बलिङ गर्ने कप्तानको निर्णयलाई नेपाली बलरले सही सावित गरिदिए । दीपेन्द्रसिंह ऐरी र सन्दीपले एक आपसमा ८ विकेट बाडेपछि ओल्ड हरारियनमा पिएनजीले २७.२ ओभरमा १ सय १४ रन जोड्दा सबै विकेट गुमायो । ४.२ ओभरमा १४ रन दिएर ४ विकेट लिएका दिपेन्द्रसिंहले ब्याटिङमा पनि आफ्नो लयलाई पुर्नस्थापित गर्दा नेपालले १ सय १५ रनको लक्ष्य २३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो।
पिएनजीसँग नेपाल पराजित भएको भए डिभिजन–२ मै घटुवा हुन्थ्यो । बिहीबार नेपालसँगै हङकङले पनि जितेको भए नेपालले हङकङसँग पनि जित्नै पर्नेहुन्थ्यो । तर नेदरल्यान्ड्सको जितले नेपालको यात्रा लम्बिएन।
मध्यम गतिका बलर सोमपाल कामीले पिएनजीका कप्तान असद भेलालाई पवेलियनको बाटो देखाउँदै नेपाललाई राम्रो सुरुआत दिएका थिए । अर्का ‘सिमर’ करण केसीले ओपनर टोनीलाई विकेट पछाडी अनिलकुमार शाहमार्फत क्याच गर्दा पिएनजीको स्कोरबोर्ड २९–२ को अवस्थामा थियो । भेलाले १० तथा उराले ११ रन बनाए । चद सोपर र सेसे बाउले तेस्रो विकेटका लागि २२ रनको साझेदारी गरेपछि पिएनजीले ५० रनको स्कोर पार ग¥यो।
त्यसपछि १७ वर्षे लेग स्पिनर सन्दीपले ४ मध्ये प्रत्येक ओभरमा विकेट लिएपछि पिएनजी पूनः दाबबमा प¥यो । ८ ओभर बलिङ गरेका सन्दीपले २९ रन दिएर चार विकेट लिए । यससँगै प्रतियोगितामा उनको विकेट संख्या ११ पुगेको छ । १० बनाएका सोपरलाई एलविडब्लु आउट गरेका सन्दीपले ११ रन बनाएका बाउलाई बोल्ड गरेका थिए । माहुरु दाइ(५)लाई सोमपालमाफर्त क्याच गरेका सन्दीपले किपलिन दोरिगा(१०)लाई पनि बोल्ड गरे।
१८.३ ओभरमा दोरिगा आउट हुँदा पिएनजी ७८–६ को अवस्था थियो । चार्लिज अमिनी र जसोन किलाले सातौ विकेटका लागि २८ रनको साझेदारी गरेपछि पिएनजीले १ सय रनको स्कोर पार ग¥यो । पिएनजीको तल्लो क्रमका ब्याट्सम्यानका लागि दीपेन्द्रसिंह तगारो बने । लिस्ट ‘ए’ मा करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका दीपेन्द्रले अमिनी(१९)लाई एलबिडब्लु आउट गरे । त्यसपछिको अर्को स्पेलमा दीपेन्द्रसिंहले लगातार २ विकेट लिए । उनले किला(१५) । नोर्मन भानुवा(०) दुबैलाई बोल्ड गरेका थिए । चौथो विकेट लिनेक्रममा दीपेन्द्रसिंहले जोन रेभा(६)लाई विकेटकिपर अनिलकुमारमार्फत क्याच गरे।
प्रतियोगिताभर ओपनिङ ब्याट्सम्यानबाट साथ नपाएको नेपालले बिहीबार पनि त्यही नियती भोग्नु प¥यो । अनुभवी तर लामो समयदेखी लय गुमाएका ज्ञानेन्द्र मल्ल १ तथा अनिकुमार ९ विकेट गुमाएर पवेलियन फर्किदा पिएनजीले विजयको आशा जिवित राख्यो । उच्च लयमा रहेका कप्तान पारस पनि १८ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर पवेलियन फर्किए पछि पिएनजीका आशा थप मजबुत बनेको थियो।
तर, दीपेन्द्रसिंह र आरिफ शेखले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेपछि नेपाल सहज जितउन्मुख बन्यो । सम्हालिएर ब्याटिङ गरेका आरिफ ४२ बलमा १ चौकासहित २६ रन बनाएर आउट भएपछि दीपेन्द्रसिंहलाई रोहितकुमा पौडेलले साथ दिए । दीपेन्द्रसिंहले भानुवाको बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनको अर्धशतकसँगै नेपालले पनि ६ विकेटको विजय दर्ता ग¥यो।
लिस्ट ‘ए’ दीपेन्द्रसिंहको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलमा ६२ रन बनाएका थिए । पिएनजीका भानुवाले २ विकेट लिँदा रेभार र एलेइ नाओले १–१ विकेट लिए।