वरियतामा आफूभन्दा निकै कमजोर टिम हङकङसँग विर्सनलायक प्रदर्शन गर्दै नेपाल ७३ रनले पराजित भएको छ। आज भएको मैत्रीपूर्ण टि–२० खेलमा बलिङ र ब्याटिङ दुबैमा नेपाली खेलाडीले निकै फितलो प्रदर्शन गर्दै फराकिलो अन्तरले पराजित भएको हो।
नेपाली कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। पावरप्लेमा डेब्यु बलर आकाश चन्द र आरिफ शेखले विकेट लिए दबाबमा राखेपनि त्यसपछि बलरहरूले थप राम्रो प्रदर्शन गर्न सकेनन्।
आकाशले तीन विकेट लिनुबाहेक अन्यको खास्सै उल्लेख्य योगदान रहेन। आकाशले तीन ओभरमा २७ रन खर्चिए। यस्तै प्रतिश जिसी थोरै सस्तो रहेर ४ ओभरमा २९ रन खर्चिएर एक विकेट, आरिफ शेखले ३ ओभरमा ३७ रन खर्चिएर एक विकेट, रसिद खानले ३ ओभरमा ४८ रन खर्चिएर एक विकेट लिए। सागर ढकालले तीन ओभरमा ३८ रन खर्चिए।
नेपाली बलरको निरीह प्रदर्शन अघि हङकङका ब्याटर बाबर हयातले शतक प्रहार गरे। उनले ४९ बलमा ११० रनको योगदान दिँदा अंशुमन राठले ३९, एयजाज खानले ११ बलमा २१ रनको योगदान दिए।
त्यसपछि २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा अलआउट हुँदै १३९ रनमा रोकियो। जसमा नेपालका तर्फबाट कमब्याक गरेका ओपनर विनोद भण्डारीले सुरुवात राम्रो गरेपनि त्यसपछि एकपछि अर्को गर्दै विकेट गुमिरह्यो।
विनोदले २२ बलमा ४२ रन, आरिफ शेखले २१ ब्लमा ३८ रन, कप्तान रोहितले २३ बलमा३० रन जोड्नुबाहेक अन्यको राम्रो योगदान रहेन। नेपालका अन्तिम ८ विकेट २२ रनमा गुमेका थिए।
हङकङका तर्फबाट एयजाज खानले ४, एहसान खानले ३ विकेट लिए। यद्यपि नेपालले आफ्नो पहिलो रोजाइको टोली खेलाएको थिएन।