१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भलिबललाई केल्मीको साथ

नेपाल भलिबल संघ (एनभिए) र केल्मीबीच नयाँ सम्झौता भएको छ।

बिहीबार एक कार्यक्रमबीच नेपाल भलिबल संघले खेल सामग्री उत्पादक केल्मीसँग नयाँ सम्झौता गरेको हो। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले पत्रमा हस्ताक्षर गरेका हुन्।  यी दुईबीच तीन वर्षका लागि नयाँ सम्झौता भएको हो।

सम्झौताअनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सीलगायत विभिन्न खेल सामग्री उपलब्ध गराउनेछ। केल्मीले तीन वर्षमा करिब एक करोड रूपैयाँबराबरको खेल सामग्री भलिबल संघलाई उपलब्ध गराउनेछ।

सम्झौतापछि केल्मीले १ सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्नेछ।

प्रकाशित: १६ चैत्र २०८० ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App