१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : मधेस प्रदेश फाइनलमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा भारतको क्षेत्रीय टोली पीएसआरए ग्रुप लखनउलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेकाे छ। तस्बिर : नागरिक

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा समूहको शीर्ष स्थानमा रहेको भारतको क्षेत्रीय टोली पीएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेस प्रदेशले फाइनलको स्थान सुरक्षित गरेको हो।

जितका लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेस प्रदेशले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो। मधेसलाई जित्न अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो। अन्तिम ओभरको पहिलो बलमा प्रदिप पासवान रन आउट भए। दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेनन्।

तेस्रो र चौथो बलमा तिवारीले लगातार दुई छक्का प्रहार गर्दै मधेसलाई महत्त्वपूर्ण जित दिलाए। मधेसका लागि तिवारीले अविजित १४ बलमा २३ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे।

यस्तै रोहन विकले ५० बलमा ८३ रन बनाए। उनले ६ चौका र ६ छक्का नै प्रहार गरे। उनकै महत्वपूर्ण पारीले मधेसले बलियो टोली लखनउलाई पराजित गर्न सफल भयो। मधेसका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ दि म्याच घोषित भए। लिग चरणमा सुदूरपश्चिम प्रदेश कोलकातालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो स्थानमा उक्लिँदै सेमीफाइनल पुगेको थियो। फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: १६ चैत्र २०८० १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App