नेपालले त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण सिरिज अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।
गुजरात क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको खेल राउन्ड रोविनको आधारमा खेलाइनेछ। त्रिकोणात्मक सिरिज नेपाल, गुजरात र बरोडाबिच हुनेछ। जसमा नेपालले ४ खेल खेल्नेछ।
चैत २० मा दोस्रो खेल बरोडासँग खेल्ने नेपालले २१ चैतमा फेरि गुजरात र २३ चैतमा बरोडासँग खेल्ने छ। सिरिजको फाइनल खेल चैत्र २५ मा हुनेछ।
नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो।
त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा