१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आईपीएलमा आज राजस्थान र कोलकोत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।

कोलकोत्ताको इडन गार्डेनमा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीच हुने आजको खेल निकै रोमाञ्चक हुनेछ।

राजस्थानले हालसम्म खेलेका ६ खेलमा ५ खेलमा जित हात पारेको छ भने १ मा पराजित भएको छ। र, १० अङ्कका साथ राजस्थान तालिकाको शीर्ष स्थानमा रहेको छ। जबकी ५ खेल खेलेको कोलकोत्ता ४ खेलमा जित हात पार्दै र एकमा पराजित हुँदै ८ अङ्का साथ दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा जित निकाल्दै कोलकोत्ता शीर्ष स्थानमा उक्लिन चाहन्छ भने राजस्थान आफ्नो शीर्षता कायमै राख्न चाहन्छ।

प्रकाशित: ४ वैशाख २०८१ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App