१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हाइजम्पमा राष्ट्रिय कीर्तिमानसहित गणेशलाई स्वर्ण

गण्डकी प्रदेशका गणेश विकले मंगलबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राक एन्ड फिल्डमा गणेशले २०७५ सालको जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। हाइजम्पतर्फ गणेशले १.८१ मिटर उचाइ जम्प गर्दै ६ वर्षअगाडिको कीर्र्तिमान सुधार गरेका हुन्। यसअघि २०७५ सालमा लुम्बिनीका प्रभु थारूले १.७७ मिटरको कीर्तिमान बनाएका थिए। जुन मंगलबार गणेशले सुधार गरेका हुन्। यससँगै गणेशले राष्ट्रिय कीर्तिमानमार्पmत १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

यसै विधामा बाग्मती प्रदेशका अविनाश सुनारले रजत पदक जिते। उनी १.७५ मिटर माथि उचाइ उफ्रिए। लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर उचाइ उफ्रँदै कांस्य पदक जित्न सफल भए। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड सुरु भएको हो। कुल ६ खेलमा प्रतिस्पर्धा हुँदै छ। यीमध्ये एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन्। पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भयो। छात्रा हाइजम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी र गण्डकीकी सीमा श्रेष्ठ शीर्ष दुईमा रहे।

सुस्मिताले १.४१ मिटर र सीमाले १.३८ मिटर उचाइ उफ्रिए। लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा दुवै कांस्य जित्न सफल भए। दुवै जना १.३० मिटर उचाइ उफ्रिए । छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्की ०.४ सेकेन्डले अघि रहँदा स्वर्ण जित्न सफल भए। बादलले चार मिनेट १९.१ सेकेन्ड समय लगाउँदा रजत विजेता कर्णालीका अजय विकले चार मिनेट १९.६ सेकेन्ड खर्चिए। सुदूरपश्चिमका विक्रम विक तेस्रो भए।

उनले ४ मिनेट २२.७ सेकेन्ड समय लगाए। यसै विधाको छात्रामा कर्णालीकी कल्पना बुढाले स्वर्ण जितिन्। कल्पनाले पाँच मिनेट ०४.४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। सुदूरपश्चिमकी देवकीकुमारी धामी पाँच मिनेट १३.०९ सेकेन्ड र बाग्मतीकी अस्मिता भुजेल ५ मिनेट १९.८ सेकेन्डका साथ दोस्रो र तेस्रो भए। छात्राको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते। उनले ५१.५ सेकेन्डमा दूरी तय गरे।

बाग्मतीका सन्तबहादुर दराई ५१.९ सेकेन्डका साथ रजत र कोसी प्रदेशका राकेश सार्की ५२.१ सेकेन्डका साथ कांस्य जित्न सफल भए। यसै स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले स्वर्ण जितिन्। सरिताले १ मिनेट ०२.३ सकेन्ड समयमा दूरी पूरा गरिन्। लुम्बिनीकी अनिशा थारु १ मिनेट ०३.५ सेकेन्डका साथ रजत र कर्णालीकी भावना कर्साल १ मिनेट ०३.७ सेकेन्ड समय निकाल्दै कांस्य जित्न सफल भए। छात्रको एक सय मिटर दौडमा मधेस प्रदेशका आदेशकुमार यादवले स्वर्ण जित्दा ११.२० सेकेन्ड समय लगाए।

बाग्मतीका प्रवीण रानामगर ११.३५ सेकेन्डका साथ रजत पदक जित्न सफल भए। सुदूरपश्चिमका चन्द्र बोहराले ११.५२ सेकेन्ड समय निकाल्दै कांस्य पदक जिते। यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले स्वर्ण जित्दा १३.५८ सेकेन्ड समय लगाए। गण्डकीका एन्जल अधिकारीले १३.६६ सेकेन्ड समयसहित रजत पदक जिते। गण्डकीकै निशा घर्तीले कांस्य पदक जितिन्। उनले १३.७५ सेकेन्ड समय लगाइन्।

प्रकाशित: ५ वैशाख २०८१ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App