२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शुक्रबारदेखि प्रोफेसनल आइटिएफ तेक्वान्दो

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा दुई दिने प्रतियोगिता बागलुङको बुर्तिबाङमा हुन लागेको हो।

संघका अध्यक्ष प्रतीक घर्तिमगर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौल समूह र पुरुषमा ५५–६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन्।

यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष घर्तिमगरले जानकारी दिए।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङको बसपार्कमा हुने प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन्। यो प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

प्रकाशित: ६ वैशाख २०८१ २१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App