२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर ११९ रन बनाएको हो।

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले राम्रो आशातित प्रदर्शन गर्न सकेन।

दोस्रो सर्वाधिक रन बनाएका गुलशन झाले एक छक्का र एक चौकाको सहायतामा १६ बलमा २० रन मात्र बनाए। उनी जुनैद सिद्घीकीको बलमा सुकुमारनबाट क्याच आउट भएका थिए भने तेस्रो सर्वाधिक रन बनाउन सफल करन शाहले १२ बलमा १७ रन बनाए। उनी अलि नसिरको बलमा बोल्ड भए।

सातौं विकेटका रुपमा सोमपाल कामी आउट भएका थिए। तीन बलको सामना गरेका उनी २ रन मात्र बनाउन सफल भएका हुन। उनी वसिद हमिदको बलमा मोहम्मद फारुकबाट क्याच आउट भएका हुन।

सन्दीप जोरा सर्वाधिक ५० रन बनाउन सफल भए।  उनी ५० रनसँगै उनी क्रिजबाट बिदा भएका थिए। उनी मोहम्मद फारुकको बलमा मोहम्मद वसिमबाट क्याच आउट भएका हुन।  उनले ४० बलमा २ छक्का ४ चौकाको सहायताले ५० रन कटाएका हुन। नेपालले अहिलेसम्म ६ विकेट गुमाइसकेको छ।

५ बल खेलेको कुशल मल्ल तीन रन बनाउन मात्र सफल भए। उनी वसिल हसिमदको बलमा आउट भएका थिए।

यसअघि क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार  पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

यसअघि नेपालका आशिफ शेख ११ बलमा ८ रन बनाएर आउट भएका थिए। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।

यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए। उनी जुनैद सिद्दिकीको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन। 

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ वैशाख २०८१ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App