२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मिल्स गोल्डकपः बर्दिबासलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।

मिल्स गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रवारको उद्घाटन खेलमा महोत्तरीको बर्दिबास नगर खेलकुद विकास समितिलाई ४–१ गोलले पराजित एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

एपिएफका लागि हरि कार्कीले २, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे भने बर्दिबासका लागि पवन पाख्रिनले गोल गरे।

एक पक्षीय खेलेको एपिएफले ११ औँ मिनेटमा हरि कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले उज्ज्वल चाम्लिङले मिलाइ दिएको पासमा गोल गरे। गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको सिधा प्रहारले पोस्टको बाटो लिँदा एपिएफले गोल सङ्ख्या दोब्बर बनायो।  

२२ औँ मिनेटमा हरि कार्कीले गोल गर्दै गोल सङ्ख्या अग्रता तेब्बर बनाए। भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरिले आकर्षक गोल गरे। दोस्रो हाफको अतिरिक्त समयमा एपिएफका धनबहादुर श्रेष्ठले गोल थपे। ५५ औँ मिनेटमा बर्दिबासका पवन पाख्रिनले गोल फर्काए। खेलको म्यान अफ द म्याच एपिएफका हरि  कार्कीले ३ हजार प्राप्त गरे।

प्रतियोगिताको शनिवारको खेल विराटनगरको पेमा युवा क्लब र धरानको पिएर फुटबल क्लबबिच हुनेछ। वैशाख १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय प्राप्त गर्ने छन्। 

प्रकाशित: ७ वैशाख २०८१ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App