२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

आईपीएलमा आज श्रेयस र ऋषभको टिम भिड्दै

इन्डिय प्रिमियर लिग (आईपीए) क्रिकेटमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता र ऋषभ पन्तको कप्तानीमा रहेको दिल्लीबीचको खेल कोलकोत्तास्थित इडन गार्डेनमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

यसअघि दिल्लीसँगको म्याच कोलकोत्ताले १०६ रनले जितेको थियो। त्यसकारण आजको खेलमा दिल्ली आफ्नो नराम्रो हारको बदला लिन चाहन्छ।

सुरुआति क्रममा जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको दिल्ली पछिल्लो समय राम्रो फर्ममा आएको छ। हालसम्म १० खेल खेलेको दिल्लीले ५ खेलमा जित हात पारेको छ भने ८ खेल खेलेको कोलकोत्ताले ५ मा जित हात पारेको छ। कोलकोत्ता १० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ भने दिल्ली १० अङ्क जोडेर पनि रन रेटको आधारमा छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: १७ वैशाख २०८१ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App