२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप खेल्न उत्साहित छु: कुशल भुर्तेल

केटिएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन्। 

सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो। केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन्। आज कन्सल्टेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा सम्झौता भएको हो। 

भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन्। नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन्। कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए। उनले आगामी टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताए।

केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौँ, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन्। साउथ एसियामा भुटान, बङ्गलादेश, श्रीलङ्कामा पनि ब्रान्चहरू रहेका छन्। ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ।

प्रकाशित: १७ वैशाख २०८१ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App