४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फिल साल्ट चम्किँदा दिल्लीमाथि कोलकोत्ताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्सले सानदार जित हात पारेको छ।

कोलकोत्तास्थित इडन गार्डेनमा गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै कोलकोत्ताले सानदार जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५३ रन बनायो। १५४ रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ताले १६.३ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो।

कोलकोत्ताको जितका लागि फिल साल्टले सर्वाधिक ६८ रन जोडे भने कप्तान श्रेयस अय्यरले नट आउट रहँदै ३३ रनको पारी खेले। जबकी वेङ्कटेस अय्यसले २६ रन बनाए।

जितसँगै कोलकोत्ता १२ अङ्कका साथ तालिकाको दोस्रो स्थानमै यथावत रहेको छ भने पराजित दिल्ली १० अङ्कका साथ छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: १८ वैशाख २०८१ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App